आइतबार, साउन ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • मुख्यसचिव बैरागीद्वारा लुम्बिनी केवलकारको स्थलगत निरीक्षण

मुख्यसचिव बैरागीद्वारा लुम्बिनी केवलकारको स्थलगत निरीक्षण

निरीक्षणका क्रममा मुख्यसचिव बैरागीले केबलकार निर्माणसम्बन्धी प्रगती विवरण लिनुका साथै केवलकारको सन्चालनपछि यस क्षेत्रमा पर्ने आर्थिक तथा सामाजिक प्रभावबारे जिज्ञासा राखेका थिए।
 |  शनिबार, पुस २, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस २, २०७९

vianetvianet

लुम्बिनी- नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, उद्योग सचिव तोयनारायण ज्ञवाली, उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी लगायतको सरकारी टोलीले शनिबार लुम्बिनी केवलकारको स्थलगत निरीक्षण गर्दै निर्माणसम्बन्धी जानकारी लिएका छन्।

निरीक्षणका क्रममा मुख्यसचिव बैरागीले केबलकार निर्माणसम्बन्धी प्रगती विवरण लिनुका साथै केवलकारको सन्चालनपछि यस क्षेत्रमा पर्ने आर्थिक तथा सामाजिक प्रभावबारे जिज्ञासा राखेका थिए।

उनले यस केवलकार परियोजनाले नेपालको पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै आयोजनालाई यथाशक्य छिटो सञ्चालन गर्न आग्रह समेत गरे।

उक्त अवसरमा लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केवलकार निर्माणको प्रगति बारेमा जानकारी गराउँदै आगामी १/२ महिना भित्रमै केबलकार सञ्चालनमा आइसक्ने जानकारी गराएका थिए।

उनले केवलकारको झण्डै ९० प्रतिशत काम सकिसकेको तर रिसोर्टलगायत अन्य पूर्वाधारको काममा भने केही समय लाग्ने बताए।

अबको १/२ महिनापछि केबलकार सञ्चालनमा आउँछ। तर बटम र टप स्टेसनमा बन्दै गरेको रेष्टुरेन्ट र रिसोर्ट तथा अन्य पूर्वाधारहरुको निर्माण कार्य सम्पन्न हुन अझै केही समय लाग्नेछ। केबलकारबाट पाल्पाको वसन्तपुर डाँडामा पुगेर त्यहाँ रहेको मन्दिरको दर्शन गर्नुकासाथै त्यहाँबाट हिमालदेखि तराईसम्मको दृश्यावलोकनको आनन्द लिन सकिनेछ।

लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा बिदेशी पर्यटक र नेपालको सीमा क्षेत्रका भारतीय पर्यटकलाई यो केबलकार सहितको रिसोर्ट नयाँ पर्यटकिय गन्तव्य बन्ने कम्पनीको विश्वास रहेको छ।

प्रकाशित: Dec 17, 2022| 17:50 शनिबार, पुस २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।