बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • व्यावसायिक आइडिया भए लगानीको समस्या छैन : वरिष्ठ उपाध्यक्ष ढकाल

व्यावसायिक आइडिया भए लगानीको समस्या छैन : वरिष्ठ उपाध्यक्ष ढकाल

शनिबार बुटवलमा आयोजित युवा व्यवसायी समिटलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले व्यवसाय गर्ने आइडिया भए लगानीका लागि लगानीकर्ता तथा बैंकहरू उपलब्ध हुने बताए।
 |  शनिबार, पुस २, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २, २०७९

बुटवल- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यावसायिक आइडिया भए लगानीको समस्या नरहेको बताएका छन्।

National life

शनिबार बुटवलमा आयोजित युवा व्यवसायी समिटलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले व्यवसाय गर्ने आइडिया भए लगानीका लागि लगानीकर्ता तथा बैंकहरू उपलब्ध हुने बताए।

‘यदि तपाईंसँग आइडिया छ, तपाईं आमजनताको लागि काम गर्नुहुन्छ र इमानदारीसाथ काम गर्नुहुन्छ भने तपाईलाई लगानीको समस्या हुँदैन । बैंक तथा वित्तीय सस्थाहरु र लगानीकर्ताहरु तपाईलाई लगानी गर्न तयार हुन्छन् । अहिले भलै बैकमा तरलताको समस्या देखिएको छ । तर मलाई लाग्छ यो समस्या लामो रहदैन । बिस्तारै सहज हुँदै जान्छ,’ उनले भने।

मूल्यवृद्धि र बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावका कारण मुलुकको अर्थतन्त्रमा परेको समस्याले व्यवसाय र व्यवसायीहरु मारमा परेको उनको भनाइ थियो।

अहिले निजी क्षेत्रले उठाएको एजेण्डाहरु निजीक्षेत्रको मात्र नभई समग्र अर्थतन्त्रको सुधारको लागि रहेको बताउँदै उनले निजीक्षेत्रका एजेण्डा भन्दै वेवास्ता गर्दै जाने हो भने यसको परिणाम सबै नेपालीले भोग्नुपर्ने बताए।

Shivam cement

उनले सरकारी संयन्त्रबिच एकआपसमा समन्वयको कमी रहेको यसको मार निजीक्षेत्रले खेप्नुपरेको उनको भनाइ थियो।

रेमिट्यान्स, बैंकिङ तथा पर्यटन क्षेत्रको आफ्नो व्यवसायिक सफलताको उदाहरण दिँदै ढकालले राज्यको प्राथमिकता र आम जनताको सेवासँग जोडिएको कुनै पनि व्यवसाय सजिलै सफल हुने बताएका छन्।

प्रकाशित: Dec 17, 2022| 17:27 शनिबार, पुस २, २०७९
प्रतिक्रिया दिनुहोस्