शुक्रबार, वैशाख २५, २०८३

फागुनसम्म रोकियो कर्मचारीको सरुवा, पदस्थापन

लामो समयदेखि सुगम स्थानमा रहेर काम गरिरहेका तर कर्मचारी बढुवा प्रयोजनका लागि मात्र दुर्गम स्थानका निकायमा सरुवा भई जाने क्रम बढेपछि फागुन मसान्तसम्म खरिदार कर्मचारीको सरुवा तथा पदस्थापन रोकिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बताएको हो।
 |  शनिबार, पुस २, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २, २०७९

काठमाडौं– सरकारले राष्ट्रसेवक कर्मचारी बढुवाका लागि मात्रै दुर्गम क्षेत्रमा धाउन थालेपछि खरिदारसरहका कर्मचारीको सरुवा तथा पदस्थापन  फागुन मसान्तसम्मका लागि स्थगित गरेको छ।

National life

लामो समयदेखि सुगम स्थानमा रहेर काम गरिरहेका तर कर्मचारी बढुवा प्रयोजनका लागि मात्र दुर्गम स्थानका निकायमा सरुवा भई जाने क्रम बढेपछि फागुन मसान्तसम्म खरिदार कर्मचारीको सरुवा तथा पदस्थापन रोकिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बताएको हो। 

हाल लोकसेवा आयोगको वार्षिक कार्यतालिकाबमोजिम रापत्र अनंकित खरिदार वा सोसरहका पदमा विज्ञापन प्रकाशित हुने (खुला प्रतिस्पर्धा तथा बढुवा) समय हो। यसरी बढुवा सूचना प्रकाशित हुनुभन्दा अगाडि सरुवा गरी पठाउँदा लामो समयदेखि दुर्गम स्थानमा बसेर सेवा गरिआएका कर्मचारी बढुवा प्रयोजनमा नपर्ने भन्दै विभिन्न सरोकारवाला पक्षबाट गुनासो आएको मन्त्रालयले जनाएको छ।

राजपत्र अनंकित द्वितीय श्रेणी, खरिदार वा सोसरहका पदको कुनै पनि निकायमा सरुवा वा पदस्थापन गर्ने तथा सरुवा सहमति दिने काम फागुन मसान्तसम्मका लागि स्थगित गरेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Dec 17, 2022| 15:31 शनिबार, पुस २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।