आइतबार, साउन ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • नगरपालिकाद्वारा मकै, सुन्तला र तरकारी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन

नगरपालिकाद्वारा मकै, सुन्तला र तरकारी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन

वडास्तरीय कृषि समिति, समूह र व्यक्तिगत फार्ममार्फत चालू आर्थिक वर्षमा ३० लाखमा मकैबाली, सुन्तला र तरकारी खेती प्रवर्द्धन गर्न थालिएको नगरपालिकाले जनाएको छ।
 |  शनिबार, पुस २, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस २, २०७९

vianetvianet

गलकोट– बागलुङ नगरपालिकाले चालू आर्थिक वर्षमा निश्चित खेतीलाई मात्र प्रवर्द्धन गर्ने कार्यक्रम ल्याएको छ। कृषिका धेरै क्षेत्रमा बजेट विनियोजन गर्दा उपलब्धि हासिल नभएको भन्दै यस वर्ष ससर्त अनुदानमा आएको २० लाखमा बागलुङ नगरपालिका-९ तित्याङमा सुन्तला र बेमौसमी तरकारी खेती प्रवर्द्धन गर्न थालिएको छ। 

वडास्तरीय कृषि समिति, समूह र व्यक्तिगत फार्ममार्फत चालू आर्थिक वर्षमा ३० लाखमा मकैबाली, सुन्तला र तरकारी खेती प्रवर्द्धन गर्न थालिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाको कृषि शाखा प्रमुख राहुल केसीका अनुसार नगरपालिकाका १४ वटै वडामा मकै प्रवर्द्धनका लागि १० लाख खर्च गरिनेछ।

‘तित्याङमा यस वर्ष १० लाखको सुन्तला प्रवर्द्धन र १० लाखकै तरकारी खेती प्रवर्द्धनका लागि काम गरिनेछ’, उनले भने, ‘यस वर्ष त्यहाँका किसानको सुन्तला बगैँचा व्यवस्थापन, उपचार, नयाँ बगैँचा स्थापना र सुन्तलाको नर्सरी स्थापना गर्ने गरी प्रस्ताव आह्वान गरेका छौँ।’

पछिल्लो समय नगरपालिकाले उन्नत जातको मकै खेती प्रवर्द्धन गरिरहेको छ। यस वर्ष मकैको बीउदेखि उपकरणलगायत कार्यक्रमका लागि १० लाख बजेट विनियोजन गरेको कृषि शाखाले जनाएको छ। नगरपालिकाको सुन्तला, मकै र तरकारी खेती प्रवर्द्धन कार्यक्रममा ५० प्रतिशत र स्थानीय कृषकले ५० प्रतिशत लगानी गर्नुपर्ने प्रावधान रहेको तित्याङका वडाध्यक्ष राजु थापाले बताए। 

‘तित्याङमा पछिल्लो समय बगैँचा व्यवस्थापन हुन सकेको छैन’, उनले भने। पछिल्लो समय तित्याङमा  सुन्तला खेतीमा विस्तार भइरहेको छ। तित्याङमा तरकारी खेतीका लागि चार हाइटेक टर्नेल र सिँचाइको कार्यक्रमका लागि यस वर्ष १० लाख खर्च गरिनेछ। 

संघीय सरकारले तित्याङमा बेमौसमी तरकारी र सुन्तला खेती प्रवर्द्धनमा नगरपालिकामार्फत बजेट विनियोजन गरेको छ।

प्रकाशित: Dec 17, 2022| 21:00 शनिबार, पुस २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।