सोमबार, जेठ २६, २०८२

शान्ति मिसनमा नेपाली सेनाको तैनाथी संख्या ६ हजार बढी

‘मिनुस्का मिसन’ सेन्ट्रल अफ्रिकन रिपब्लिकमा गत २७ मंसिरमा लाइट इन्फेन्ट्री बटालियनको अन्तिम डफ्फामा रहेका २०२ शान्ति सैनिकको तैनाथीसँगै शान्ति मिसनमा नेपाली सेनाको तैनाथी संख्या ६ हजार १६ पुगेको हो।
 |  शनिबार, पुस २, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस २, २०७९

vianetvianet

काठमाडौं– संयुक्त राष्ट्रसंघको आह्वानमा नेपाली सेनाको शान्ति स्थापना कार्यको इतिहासमै पहिलो पटक ६ हजार बढी नेपाली सेनाका फौज मिसनमा तैनाथ भई ऐतिहासिक कोसेढुंगा कायम भएको छ।

‘मिनुस्का मिसन’ सेन्ट्रल अफ्रिकन रिपब्लिकमा गत २७ मंसिरमा लाइट इन्फेन्ट्री बटालियनको अन्तिम डफ्फामा रहेका २०२ शान्ति सैनिकको तैनाथीसँगै शान्ति मिसनमा नेपाली सेनाको तैनाथी संख्या ६ हजार १६ पुगेको हो।

सन् १९५५ मा नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेपछि संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९५८ मा पाँच मिलिटरी अब्जर्भर युएनओजिआइएल मिसन लेबनानमा तैनाथ गरेसँगै सुरु भएको नेपाली सेनाको शान्ति मिसनको यात्राले ६ दशक बढीको समयावधि पूरा गरिसकेको छ। 

शान्ति मिसनको यस यात्रामा सन् १९७४ मा युएनइइएफ मिसन सिनाइ (इजिप्ट) मा पहिलो नेपाली सैनिक कन्टिजेन्टको रुपमा पुरानो गोरख गण सहभागी भएको थियो। हालसम्म नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय ४४ वटा शान्ति मिसनमा सहभागिता जनाइसकेको छ। यस क्रममा नेपाली सेनाका १ लाख ४२ हजार ५८५ सकल दर्जा शान्ति मिसनमा सहभागी भएकामा १ हजार ९८२ महिला सैनिक समावेश रहेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशानालयले जनाएको छ।

विश्व शान्ति स्थापनाको यस महायज्ञमा हालसम्म ७१ नेपाली सेनाका शान्ति सैनिकले आफ्नो प्राणको आहुति दिएका छन् भने ६८ जना सकल दर्जा घाइते भएका छन्।

National life insurance

हाल संयुक्त राष्ट्रसंघमा फौज योगदान गर्ने राष्ट्रको मर्यादाक्रममा नेपाल तेस्रो स्थानमा रहेको छ भने विभिन्न १२ शान्ति मिसनमा नेपाली सेनाका ६ हजार १६ जना सकल दर्जा (४२९ महिलासहित) सहभागी भइरहेका छन्। 

यसैगरी संयुक्त राष्ट्रसंघीय शान्ति मिसन मध्य युएनडिओएफ मिसन सिरियामा फोर्स कमान्डर, युएनआइएफआइएल मिसन लेबनानमा डेपुटी फोर्स कमान्डर तथा एमआइएनयुएसएमए मिसन माली र युएनएमआइएसएस मिसन दक्षिण सुडानमा सेक्टर कमान्डरको रुपमा नेपाली सेनाका रथीवृन्द कार्यरत छन्। – रासस


प्रकाशित: Dec 17, 2022| 14:01 शनिबार, पुस २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।