आइतबार, साउन ४, २०८२

एक भारी घाँसकै लागि आधा दिन

पूर्वी नवलपरासीको कावासोती नगरपालिका –१ की गमीसरा घर्ती उमेरले ४९ वर्ष पुगिन् ।
 |  शनिबार, पुस २, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस २, २०७९

vianetvianet

बैतडी- पूर्वी नवलपरासीको कावासोती नगरपालिका –१ की गमीसरा घर्ती उमेरले ४९ वर्ष पुगिन् । काम गर्नसक्ने उमेरदेखि घरमा पलिएका गाई भैँसीलाई घाँस काट्न शुरु गरेकी उनलाई पछिल्ला केही वर्ष भने घाँसपात गरेर गाई भैँसीपालन गाह्रो हुँदैगएको छ । गमीसरालाई जस्तै लालमाया दलार्मीलाई पनि घाँसपात गरेर गाईभैँसी पाल्न निकै गाह्रो हुन लागेको छ । 

नजिकैको सामुदायिक वनले घाँस पात काट्नसमेत प्रतिबन्ध लगाएपछि कावासोती –१ हात्तीखोरका सुकुम्बासी बस्तीका महिलालाई दुई चार पैसा जोहो गर्न पालेका वस्तुभाउलाई कसरी पाल्ने हो भन्ने चिन्ताले सताएको छ । बिहान ९ बजे नै हतार हतार खाना खाएर घाँसपात काट्न हिँड्नेहरुलाई घाँसको भारी बोकेर फर्कन पाँच छ घण्टा लाग्ने कावासोती –१ की लालमाया दलार्मीले बताइन् ।  

“घर नजिकैको वनमा घाँसपात काटे जरिवाना तिर्नपर्छ, गाई बाख्रा पाल्नै पर्‍यो, घाँसकै लागि आधा दिन बिताउनुपर्छ”, उनले भनिन् । सुकुम्बासी बस्ती भएकाले यस ठाउँका अधिकांश परिवारसँग खेतीपाती गर्ने जमिनसमेत छैन । यो बस्तीको आम्दानीको स्रोत भनेकै गाई, बाख्रा, कुखुरा, बङ्गुरलगायतका घरपालुवा जनावर हुन् । 

यो ठाँउमा घाँसपात गर्न जाने भने अधिकांश ४० वर्षमाथिका रहेका हुन्छन् । नयाँ पुस्ताले घर गोठको काममा मन नलगाउँदा बाध्य भएर आफूहरुनै घाँसपातमा हिँड्नुपरेको सोही स्थानकी टीका मगरले बताइन् । “छोरी बुहारीले जाँगर गर्दैनन्, गाईबस्तु भोको राख्न भएन ५० वर्ष भइसके घाँस काट्ने दुःखले कहिलै छोडेन”, उनले गुनासो गरिन्, “छोराहरु कमाउन जान्छन्, छोरी बुहारी घाँसपात काट्न गोठमा काम गर्न जाँगर गर्दैनन् ।”

वन मासिने क्रम बढेपछि घाँसपातमा समेत प्रतिबन्ध लगाउनुपरेको बस्ती नजिकै रहेको महाराजा सामुदायिक वनका अध्यक्ष तेजेन्द्रकुमार सुनारले बताए ।  पहिले पहिले घाँसपात काट्न दिइएको भए पनि घाँस काट्ने क्रममा सालको हाँगाबिगा र साना बोटहरुै काट्ने क्रम बढेकाले घाँसपातमा रोक लगाउन परेको अध्यक्ष सुनारको भनाइ छ । “सालको पात र सामान्य घाँस काट्न दिँदा वन नै मासिने डर भयो, दाउराका लागि समय मिलाएर वन खुला गर्र्ने गरे पनि घाँसपात रोकेका छौँ” उनले भने । रासस

प्रकाशित: Dec 17, 2022| 09:50 शनिबार, पुस २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।