आइतबार, साउन ४, २०८२

महोत्तरीबाट नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

महोत्तरी प्रहरीले नक्कली नोटसहित नियन्त्रणमा लिएका एकजना भारतीय नागरिकलाई आज सार्वजानिक गरेको छ।
 |  शनिबार, पुस २, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस २, २०७९

vianetvianet

महोत्तरी- महोत्तरी प्रहरीले नक्कली नोटसहित नियन्त्रणमा लिएका एकजना भारतीय नागरिकलाई आज सार्वजानिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले भारत विहार राज्य सितामढी जिल्ला भदियन ग्रामपंचायतका २१ वर्षीय रमनकुमार चौधरीलाई ११ हजार नेपाली नक्कली नोट सहित सार्वजानिक गरिएको छ।

गत बिहीबार जलेश्वर नगरपालिका ३ स्थित मलिवारा चौकमा सव्दुल अन्सारीको कठघेरा घुम्ती पसलमा नेपाली नोट साट्ने क्रममा चौधरीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको थियो।

उनीसँग प्रहरीले खोजतलाश गर्दा एक हजार दरका ११ थान नेपाली नोट फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले बताए। पक्राउ परेका चौधरी प्रहरीको नियन्त्रणमा रहेका छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी पोखरेलले जानकारी दिए। 

प्रकाशित: Dec 17, 2022| 09:10 शनिबार, पुस २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।