मंगलबार, वैशाख २५, २०८१

मोरोक्कोले ब्रेक लगाउला ४४ वर्षयताको शृंखला?

जब १९७८ मा इटालीलाई हराएर ब्राजिल तेस्रो भयो, त्यसपछिका सबै खेलको प्ले अफमा युरोपेली देशले जित निकालेको छ।
 |  शनिबार, पुस २, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २, २०७९

काठमाडौं– फिफा विश्वकपमा यस्तो पहिलो पटक हुँदैछ कि आज अफ्रिकी देश पदकको लागि खेल खेल्दैछ। यसअघि अफ्रिकी देशले कहिल्यै सेमीफाइनल खेलेनन्। त्यसैले त मोरोक्को सेमीफाइनलमा पुग्नुलाई फिफाले समेत कतार विश्वकप उत्कृष्ट बन्नुको एक कारणमा राखेको छ। हो मोरोक्कोकै कारण धेरै अरबी देशहरुले कतार पुगेर उत्सब मनाएका छन्। 

triton college

तर सेमीफाइनलमा फ्रान्ससँग हार बेहोरेपछि मोरोक्कोको अघि बढ्ने यात्रा समाप्त भयो। अनि आज उसले तेस्रो स्थानको लागि क्रोएसियाको सामना गर्दैछ। यसअघि एकपटक मात्र भेट भएको क्रोएसियासँगको खेल मोरोक्कोलाई कम चुनौतिको भने हुनेछैन्।

अघिल्लो भेटमा क्रोएसियाले प्रहार गरेको पाँच सुट नै बचाएपछि मोरोक्कोले गोलरहित बराबरीमा खेल अन्त्य गरेको थियो। यसपटक चाहिँ त्यस्तो छुट हुनेछैन। किनभने एक टिमलाई जित निकाल्नै पर्ने बाध्यता रहेको छ।

पछिल्लो खेलमा हार बेहोरेपछि मोरोक्कोका प्रशिक्षक वालिद रेग्रागुई आफ्ना खेलाडीले सबै थोक दिएर पनि हार बेहोरेको बताएका थिए। उनले भनेका थिए, ‘उनीहरुले जति गर्न सक्थे गरे। विश्वकपजस्तो कुरा जादुले जित्न सकिँदैन। त्यसको लागि धेरै महेनेत चहिन्छ। तर उनीहरु इतिहासलाई पुनर्लेखन गर्न चान्हान्थे।’

उनले यस्तै मेहेनेत गरिरहने पनि बताएका थिए। पछिल्लो हारपछि पनि उसको मनस्थिति कस्तो भएको छ, त्यो आजको खेलमा देखिने छ।

corrent noodles
Metro Mart



यता  क्रोएसियाले पनि पछिल्लो विश्वकपमा फाइनलसम्मको यात्रा तय गरेर यो विश्वकपसम्मको आत्मविश्वासलाई दरिलो बनाएको छ। उसले विश्वकपमा यसअघि तिन अफ्रिकन टिमविरुद्ध क्लिन सिट राखेको छ। त्यति मात्र नभएर क्यामरुन र नाइजेरियालाई त हराएकै छ। यसअघि भने मारोक्कोसँग गोलरहित बराबरी खेलेको छ।

क्रोएसियाका पछिल्ला धेरै खेल अतिरिक्त समय र पेनाल्टीमा गइरहेको पाइएको छ। आज पनि अतिरिक्त समयमा पुग्ला भन्ने धेरैलाई लागेको छ। विश्वकप प्लेअफका अघिल्ला १९ खेलहरु चाहिँ कमसेकम पेनाल्टीसम्म पुगेनन्। १९८६ को विश्वकप मात्र त्यस्तो थियो जुन प्ले अफ खेल अतिरिक्त समयसम्म धकेलिएको थियो।

प्ले अफमा अर्को पनि तथ्य गजबको छ। जब १९७८ मा इटालीलाई हराएर ब्राजिल तेस्रो भयो, त्यसपछिका सबै खेलको प्ले अफमा युरोपेली देशले जित निकालेको छ। यदी आजको खेलमा मोरोक्कोले जित निकालेको अवस्थामा पछिल्लो ४४ वर्षका - १० प्रतियोगिता देखिको - त्यो शृंखलामा ब्रेक लाग्नेछ ?

क्रोएसियाका कप्तान लुका मोड्रिचले सेमीफाइनलको खेलपछि जे भने त्यो कुराले त क्रोएसियाले अझैसम्म हार मानेको छैन्। मेस्सीको गोल प्रेरित खेलमा हार बेहोरेपछि मोड्रिचले भनेका थिए, ‘हामी फेरि पनि विश्वकपको सेमीफाइनलमा पुग्न चहान्थ्यौँ। दुर्भाग्यवस् त्यो हुन सकेन्।’

अहिले क्रोएसियाका टिमका कतिपय खेलाडी संन्यासको संघारमा छन्। ति खेलाडी पनि यो खेलमा जित निकाल्दै विश्वपमा तेस्रो भएर घर फर्किन चहान्छन्। कप्तान मोड्रिचले पनि यो विश्वकप आफ्नो अन्तिम भएको बताएका छन्। त्यसैले उनी कमसेकम तेस्रो भएर घर फर्किन चहान्छन्।

क्रोएसिया यसअघि पनि तेस्रो भइसकेको छ। सन् १९९८ मा नेदरल्यान्ड्सलाई २–१ ले हराएर उसले विश्वकपको तेस्रो स्थान हाँसिल गरेको थियो। ‘यो पुस्ताको विश्वकप सकिएको छ। केहि खेलाडी केरियरको अन्त्यमा रहेका छन् भने केहिले युरो २०२४ सम्म मात्र खेल्नेछन्,’ क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिकले भनेका छन्, ‘मोड्रिचले विश्वकपमा पाएको सफलता सराहनिय छ।’


विगतमा जस्तो भए पनि मोरोक्कोले यो विश्वकपमा पाएको सफलता धेरै महत्वपूर्ण छ। उसका खेलाडी जितका भोका छन्। ‘तपाईहरु मोरोक्को सेमीफाइनलमा पुगेको छ र उसले सन्तोष मान्नुपर्छ भन्नुहुन्छ भने म त्यो कुरामा सहमत छैन,’ प्रशिक्षक रेग्रागुईले भनेका छन्, ‘यदी तपाईं सेमीफाइनलमा पुग्नुभएको छ तर जितको भोक छैन भने त्यो समस्या हो।’

प्रकाशित: Dec 17, 2022| 07:32 शनिबार, पुस २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।