बुधबार, फागुन २०, २०८२

कतार विश्वकप : मोरक्को र क्रोएसिया भिड्दै

फिफा विश्वकप फुटबलमा आज तेस्रो स्थानका लागि खेल हुँदैछ।
 |  शनिबार, पुस २, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २, २०७९

काठमाडौं- फिफा विश्वकप फुटबलमा आज तेस्रो स्थानका लागि खेल हुँदैछ। तेस्रो स्थानका लागि मोरक्को र क्रोएसियाबीचको खेल खालिफा अन्तराष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ।

प्रतियोगिताको फाइनल खेल भने आइतबार हुनेछ। फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने छन्।

मोरक्को र क्रोएसिया आज तेस्रो स्थान हासिल गर्ने योजनासहित मैदान उत्रने छन्। यस्तै दुबै टोली जितसहित प्रतियोगिताको अन्त्य गर्न चाहन्छ।

अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २-० ले पराजित भएको थियो।

यस्तै युरोपियन तथा साविक उपविजेता क्रोएसियालाई अर्जेन्टिनाले ३-० ले हराएको थियो।

kumari

मोरक्को र क्रोएसिया समूह चरणमा समेत प्रतिस्पर्धा गरेका थिए। जुन खेल गोलरहित बराबरीमा सकिएको थियो।


प्रकाशित: Dec 17, 2022| 06:47 शनिबार, पुस २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।