आइतबार, साउन ४, २०८२

सशस्त्र प्रहरीमाथि सर्लाहीमा गोली प्रहार

सर्लाहीको रामनगर गाउँपालिका ६ मा सशस्त्र प्रहरी जवानमाथि सुरेश साहलाई गोली हानिएको हो।
 |  शनिबार, पुस २, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस २, २०७९

vianetvianet

काठमाडौं- घरबिदामा गएका एक सशस्त्र प्रहरीमाथि गोली प्रहार भएको छ। सर्लाहीको रामनगर गाउँपालिका ६ मा सशस्त्र प्रहरी जवानमाथि सुरेश साहलाई गोली हानिएको हो।

काभ्रेस्थित सशस्त्र प्रहरीको १५ नम्बर गणमा कार्यरत रामनगर गाउँपालिका ४ निवासी ३० वर्षीय साह घाइते भएका छन्। उनको दाहिने हातको पाखुरामा गोली लागेको छ।

चिनजानकै साथीहरूसँग खाजा खाइरहेका बेला विवाद हुँदा गोली हानिएको खुलेको छ। गोली हानिएपछि दुई जना फरार छन् भने रामप्रवेश साहलाई प्रहरीले पक्राउ गरेको छ।

अहिले उनको मलंगवास्थित अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार साहले दिएको ऋण फिर्ताको विषयमा विवाद हुँदा उनीमाथि गोली हानिएको हो। 


प्रकाशित: Dec 17, 2022| 06:30 शनिबार, पुस २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।