बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पाकिस्तानका अन्तराष्ट्रिय खेलाडी तालात विराटनगरमा अनुबन्धित

पाकिस्तानका अन्तराष्ट्रिय खेलाडी तालात विराटनगरमा अनुबन्धित

रोहित पौडेल मार्की रहेको टिमअन्तर्गत क्याटगोरी बीमा अर्जुन साउँद, नन्दन यादव, विवेक यादव र शाहब आलम छन्।
 |  शुक्रबार, पुस १, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १, २०७९

काठमाडौं – काठमाडौंमा आगामि पुष आठ गतेबाट सुरु हुने नेपाल टी २० लिगमा सहभागी विराटनगर सुपर किंग्सले पकिस्तानका अन्तर्राष्ट्रिय खेलाडी हुसैन तलातलाई अनुबन्ध गरको छ।

विराटनगरले आज सूचना जारी गर्दै पाकिस्तानको अन्तराष्ट्रिय टिमबाट खेलिसकेका तलातलाई अनुबन्ध गरेको जानकारी दिएको हो।

उनले बल र ब्याट दुवैबाट आउँदो प्रतियोगितामा प्रभाव पार्न सक्नेछन्। उनी हाम्रो किनै महत्वपूर्ण सदस्यका रुपमा रहने विराटनगरले बताएको छ।

यससँगै उसले अनुबन्ध गरेको पहिलो विदेशी खेलाडी भएका छन् तलात। रोहित पौडेल मार्की रहेको टिमअन्तर्गत क्याटगोरी बीमा अर्जुन साउँद, नन्दन यादव, विवेक यादव र शाहब आलम छन्।

त्यस्तै क्याटागोरी सीका नारायण जोशी, सूर्य तामाङ, अमर सिंह रौटेला, प्रदिप ऐरी, पृथु वास्कोटा र रेजिन ढकाल पनि टिममा रहेका छन्।

kumari

सुपर किंग्सले २४ डिसेम्बरमा पहिलो खेल लुम्बिनी अल स्टारसँग खेल्ने तय छ।

प्रकाशित: Dec 16, 2022| 21:30 शुक्रबार, पुस १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।