बुधबार, वैशाख २६, २०८१

कतार विश्वकप उत्कृष्ट भएको फिफा अध्यक्ष एन्फान्टिनोको दावी

उनले यो विश्वकपमा ३२ लाख मनिसले भ्रमण गरेको पनि दाबी गरेका छन्। यसअघि सन् २०१८ मा भएको रसिया विश्वकपमा ३३ लाख मानिसले भ्रमण गरेका थिए।
 |  शुक्रबार, पुस १, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १, २०७९

काठमाडौं – विश्व फुटबलको सर्वोच्च निकाय फिफा काउन्सिल बैठकपछिको पत्रकार सम्मेलनमा बोल्दै फिफा अध्यक्ष जियान्नी एन्फान्टिनोले कतार विश्वकप उत्कृष्ट भएको दाबी गरेका छन्।

triton college

उनले यो विश्वकपमा ३२ लाख मनिसले भ्रमण गरेको पनि दाबी गरेका छन्। यसअघि सन् २०१८ मा भएको रसिया विश्वकपमा ३३ लाख मानिसले भ्रमण गरेका थिए।

‘विश्वकपमा संलग्न कतार, स्वयंसेवक, यो विश्वकपलाई उत्कृट बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद छ,’ एन्फान्टिनोले भनेका छन्, ‘खेलहरु कुनै पनि इन्सिडेन्ट विनै सम्पन्न भएका छन्। यो वातावरण रमणीय रह्यो।’

‘फुटबललाई विश्वाव्यापी बनाउने सवालमा धेरै कुराहरु भएका छन्। अफ्रिकन टिम मोरोक्को पहिलो पटक सेमीफाइनलमा पुगेको छ,’ उनले भनेका छन्, ‘हामीले पहिलो पटक महिला रेफ्री(स्टेफनी फ्रापर)लाई पनि अवसर दिएका छौं।’

उनले यो विश्वकप पाँच अर्ब मानिसले हरेको(प्रत्यक्ष र टेलिभिजनमा) एन्फान्टिनीको दाबी रहेको छ। उनले अरब देशहरुमा समर्थकको ठूलो भीड लागेको र यसले ति देशमा फुटबलको भविष्यमा सहयोग गर्ने पनि बताए।

corrent noodles
Metro Mart

यो विश्पकमा युरोपको केहि टिमले वान लभ आर्मब्यान्ड लगाउन चाहेका थिए। यसले ‘डाइभर्सिटी इन्क्लुजन’लाई प्राथमिकतामा राख्ने गर्दछ। तर फिफाले त्यस्तो आर्मब्यान्ड प्रतिबन्ध लगाउने भएपछि उनीहरुले खेलमा लगाउन पाएका थिएनन्।


यता जर्मनीका खेलाडीले बोल्नमा प्रतिबन्ध लगाएको भन्दै खलअघि मुख छोपेका थिए। आर्मब्यान्ड लगाउन नपाएपछि उनीहरुले त्यसो गरेका हुन्। ‘जब प्रतिबन्धको कुरा आउँछ हामीले कुनै पनि कुरालाई प्रतिबन्धित गर्ने चाहेको होइन। यो भनेको नियमलाई सम्मान गर्ने कुरा हो,’ एन्फान्टिनोले भने।

उनले सबैले आफ्नो कुरा राख्न पाउने स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताए। अहिले विश्वपभरीमा २११ फुटबल टिमले फिफा विश्वकप छनोट खेलेका थिए। ति सबै देशका समर्थक फुटबल हेर्नका लागि कतार पुगेका थिए।

‘यस्तै कुराहरुलाई हामीलाई यहाँसम्म ल्याइपुर्याएको हो। जसले यो विश्वकप हेरे हाम्रो चहाना यति हो कि ९० मिनेट मासिले सबै कुरा भुलेर फुटबल रमाइलो गरुन्,’ उनले भनेका छन्

कतार विश्वकपको लागि रंगशाला र बाटो बनाउने कामहरुमा धेरै आप्रवाशी कामदारको मृत्यु भएको थियो। कामदारको मृत्यु भएको प्रश्नमा एन्फान्टिनोले मृत्यु प्राकृतिक प्रकृया भएको प्रतिकृया दिएका छन्।

यता ह्युमन राइट वाचले यो विश्वकप सफल बनाउँदा मृत्युवरण गरेका कारमदारको लागि कुनै वाचा नगरिकनै अन्त्य गरेकोे आरोप लगाएको छ। फिफा र कतारी अधिकारी कसैले पनि आप्रवाशी कामदारबारे नसोचेको वाचको आरोप छ।

प्रकाशित: Dec 16, 2022| 20:48 शुक्रबार, पुस १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।