शनिबार, वैशाख १२, २०८३

यू–१४ टेनिसमा स्वस्तिका र शिभालीको जोडी च्याम्पियन

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा स्वस्तिका र शिभालीको जोडीले नेपालका प्रशंसा मोक्तान र आद्या पौडेलको जोडीलाई ६–४ र ६–२ को सोझो सेटमा पराजित गरे।
 |  शुक्रबार, पुस १, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १, २०७९

काठमाडौं – नेपालमा आज सम्पन्न भएको २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत नेपालकै खेलाडीले महिला डबल्सतर्फको उपाधि जितेका छन्। नेपालका  स्वस्तिका विष्ट र शिभाली गुरुङको जोडी सर्किट– १ को गल्र्स डबल्समा शुक्रबार च्याम्पियन बनेका हुन्।

National life

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा स्वस्तिका र शिभालीको जोडीले नेपालका प्रशंसा मोक्तान र आद्या पौडेलको जोडीलाई ६–४ र ६–२ को सोझो सेटमा पराजित गरे।

मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्समा भारतका भिभान मिर्धा पहिलो भएका छन्। फाइनलमा भिभानले नेपालका आयुशमान हजुर घलेलाई ५–७, ७–६ ९३० र ६–२ को सेटमा हराए।

ब्वाइज डबल्समा पाकिस्तानका जोहेब अफ्जल मलिक र यमनका हमुद इयाडको जोडीले हङकङका छुइन हेइ करिसन फुङ र छियोङ मोरिस ताङको जोडीलाई ६–० र ६–४ तथा भारतका सिद्धार्थ जिबु र भारतका भिभान मिर्धाको जोडीले नेपालका बोरिस अधिकारी र निशाद जोशीको जोडीलाई ६–४ र ६–२ को सोझो सेटमा पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे।

ब्वाइज डबल्सको फाइनल शनिबार हुनेछ। शनिबारै गल्र्स सिंगल्सको फाइनल पनि हुने आयोजकले जनाएको छ। गल्र्स सिंगल्सको उपाधिका लागि नेपालका शिभाली गुरुङ र नेपालका आद्या पौडेल भिड्ने छन्।

kumari

प्रकाशित: Dec 16, 2022| 20:05 शुक्रबार, पुस १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।