शुक्रबार, वैशाख २५, २०८३

वीरगन्जको एक गोदामबाट २१ लाख बढीको सामग्री बरामद

वीरगन्ज महानगरपालिका- ११ रानीघाटस्थित घरमा गोदाम बनाएर तस्करहरूले भण्डारण गरी राखेका २१ लाखभन्दा बढी मूल्यको चामल, मैदालगायतका सामान बरामद गरिएको वीरगञ्जले जनाएको छ।
 |  शुक्रबार, पुस १, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १, २०७९

वीरगन्ज- भारतबाट तस्करी गरेर वीरगन्जमा भण्डारण गरी राखिएका खाद्यान्नलगायतका सामग्री प्रहरीले बरामद गरेको छ।

National life

वीरगन्ज महानगरपालिका- ११ रानीघाटस्थित घरमा गोदाम बनाएर तस्करहरूले भण्डारण गरी राखेका २१ लाखभन्दा बढी मूल्यको चामल, मैदालगायतका सामान बरामद गरिएको वीरगञ्जले जनाएको छ। 

सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय विर्ता र सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट खटिएको संयुक्त टोलीले बिहीबार बेलुकी रानीघाटका चारवटा गोदममा छापा मारेर ती सामान बरामद गरेको हो। 

प्रहरीले रानीघाटमा श्याम बर्णवाल, सुजित गुप्ता, प्रधुमन गुप्ता र विनोद कुमार साहको अनाधिकृत रूपमा गोदाममा लुकाएर राखिएका २८१ क्वीन्टल चामल, १० क्वीन्टल मैदा, २ कार्टुन सर्जिकल मेडिकल सामग्री, ९ कार्टुन हार्पिक, २ कार्टुन ह्याण्डवास र २ कार्टुन स्प्रे गरी २१ लाख १६ हजार ४ सय रुपैयाँ मुल्यका सामान बरामद गरिको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

बरामद सामग्रीहरू अनुसन्धान तथा आवश्यक कारबाहीका लागि शुक्रबार दिउँसो वीरगन्ज भन्सार कार्यालय पठाइएको छ।मा पठाइएको बस्नेतले बताए।

प्रकाशित: Dec 16, 2022| 20:15 शुक्रबार, पुस १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।