शनिबार, साउन ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • वीरगन्ज महानगरपालिकाले हटायो दैनिक ज्यालादारी कर्मचारी

वीरगन्ज महानगरपालिकाले हटायो दैनिक ज्यालादारी कर्मचारी

गत स्थानीय तहको निर्वाचनबाट निर्वाचित नयाँ जनप्रतिनिधिहरू आएपछि महानगरपालिकाले दैनिक ज्यालादारीमा ४५० जनाभन्दा बढि कर्मचारीलाई नियुक्त गरेको थियो।
 |  शुक्रबार, पुस १, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १, २०७९

vianetvianet

वीरगन्ज- वीरगन्ज महानगरपालिकाले दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई सेवाबाट हटाएको छ। बिहीबार महानगरपालिकाले एक सूचना जारी गर्दै महानगरपालिकाको कार्यालय र यस अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई पुस १ गते शुक्रबारदेखि सेवाबाट हटाइएको जनाएको छ।

महानगरपालिकाको नगरकार्यापालिकाको मंसिर २६ गतेको निर्णयअनुसार महानगरपालिकाको कार्यालय, यस मातहतका सबै वडा कार्यालय, स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा दैनिक ज्यालादारीमा कार्यरत वारुणयन्त्र शाखा र नगर प्रहरीबाहेक अरू सबै कर्मचारीलाई पुस १ गतेबाट लागू हुनेगरि ज्यालादारी सेवाबाट हटाइएको सूचनामा उल्लेख छ।

गत स्थानीय तहको निर्वाचनबाट निर्वाचित नयाँ जनप्रतिनिधिहरू आएपछि महानगरपालिकाले दैनिक ज्यालादारीमा ४५० जनाभन्दा बढि कर्मचारीलाई नियुक्त गरेको थियो।

महानगरका प्रशासन महाशाखा प्रमुख राम कुमार कुशवाहाले लक्षित काम सकिएसँगै दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूको समयावधि नथपिएको बताए।

प्रकाशित: Dec 16, 2022| 19:45 शुक्रबार, पुस १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।