शनिबार, साउन ३, २०८२

पोखरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

पोखरा २५ हेमजामा पर्वतबाट सुन्तला बोकेर आउँदै गरेको ग२च २६८४ नम्बरको बोलेरो जीप अनियन्त्रित भई दुर्घटना भएको हो।
 |  शुक्रबार, पुस १, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १, २०७९

vianetvianet

पोखरा- पोखरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पोखरा २५ हेमजामा पर्वतबाट सुन्तला बोकेर आउँदै गरेको ग२च २६८४ नम्बरको बोलेरो जीप अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा तनहुँकी ३७ वर्षीय बसन्ती मगरको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए। दुर्घटनामा अर्का एकजना घाइते भएका छन्। 

म्याग्दीको मंगला १ घर भइ पोखरा बस्दै आएका गजेन्द्र पुन घाइते भएर गण्डकी मेडिकल कलेजमा उपचार गराइरहेका छन्। जीपका चालक फरार रहेको र खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: Dec 16, 2022| 19:23 शुक्रबार, पुस १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।