काठमाडौं– नाडाको कर्णाली प्रदेश अन्तर्गत रहेको संस्थागत सदस्य कर्णाली अटोमोवाइल्स एशोसिएशन नेपालले सुर्खेतको वीरेन्द्रनगरस्थित मंगलगढी चोकमा शान्तिपूर्ण विरोध कार्यक्रम आयोजना गरेको छ।
नाडाले घोषणा गरेको देशव्यापी आन्दोलन अन्तर्गत उक्त एशोसिएशनले पनि प्लेकार्ड सहित विरोध प्रदर्शन गरेको हो।
सरकारले कार, जीप र भ्यान जस्ता निजी प्रयोजनका सवारी साधनहरुको आयात खुला गरे पनि बैंकहरुको उच्च ब्याज दरका कारण सवारी साधनहरुको बिक्री वितरण हुने वातावरण बन्न नसकेको व्यवसायीहरुले बताउँदै आएका छन्।