शुक्रबार, वैशाख २५, २०८३

५ महिनामा ५४ वन्यजन्तु मरे

गत साउनयता ती वन्यजन्तु मरेका हुन्।
 |  शुक्रबार, पुस १, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १, २०७९

चितवन– चितवन राष्ट्रिय निकुञ्जभित्र ५ महिनामा ५४ वन्यजन्तु मरेका छन्। गत साउनयता ती वन्यजन्तु मरेका हुन्। तीमध्ये २७ प्राकृतिक कारण र २१ कुकुरको आक्रमणबाट मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

National life

उनका अनुसार जुधेर, सडक दुर्घटनामा परेर, विद्युत् करेन्ट लागेर, दलदलमा परेर, अन्य कारणले दुई जनावर मरेका छन्। मर्नेमा सबैभन्दा धेरै चित्तल रहेका छन्। पाँच महिने अवधिमा ३२ चित्तल मरेको निकुञ्जको तथ्यांकमा उल्लेख छ।

तीमध्ये प्राकृतिक कारणले १०, कुकुरको आक्रमणमा परी २०, दलदलमा परेर र सडक दुर्घटनामा परी एक/एक क्षेत्रभित्र पाँच गैंडा मरेका छन्। तीन प्राकृतिक कारणले मरेका छन् भने जुधेर र करेन्ट लागेर एक/एक गैंडा मरेको उनले बताए। घडीयाल गोही र गौरीगाई तीन/तीन प्राकृतिक कारणले मरेका छन्।

हात्ती, जरायो, बँदेल, कछुवा दुई/दुई पाँच महिने अवधिमा मरेको निकुञ्जले जनाएको छ। चितुवा, लगुना र धनेस एक/एक वटा मरेका छन्। यस आर्थिक वर्षमा चोरी सिकारीले वन्यजन्तु मार्न पाएका छैनन्। निकुञ्जको सुरक्षा योजनासँगै समुदायमा आएको सचेतनाका कारण जनावर चोरी सिकारीले मार्न नसकेको उनले बताए।–रासस

प्रकाशित: Dec 16, 2022| 17:20 शुक्रबार, पुस १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।