शनिबार, जेठ ३०, २०८३

प्रतितोला ४०० ले घट्यो सुन

शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ९०० र तेजाबी सुन प्रतितोला ९९ हजार ४०० मा कारोबार भएको हो।
 |  शुक्रबार, पुस १, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १, २०७९
National life
Shivam cement

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेको छ। तोलाको १ लाख १ हजार रुपैयाँसम्म पुगेको सुनको भाउ शुक्रबार १ लाखमुनि ओर्लिएको हो। बिहीबार प्रतितोला ७ सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला ४०० रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ९०० र तेजाबी सुन प्रतितोला ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको हो। बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३००  र तेजाबी सुन प्रतितोला ९९ हजार ८०० मा कारोबार भएको थियो।  

शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: Dec 16, 2022| 13:36 शुक्रबार, पुस १, २०७९
प्रतिक्रिया दिनुहोस्