आइतबार, साउन ४, २०८२

लुम्बिनी क्षेत्रका संघीय र प्रदेश सांसदलाई सम्मान

रुपन्देही ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित वासुदेव घिमिरे र प्रदेशसभा सदस्यमा निर्वाचित सिके गुप्तालाई कोषले सम्मान गरेको हो।
 |  शुक्रबार, पुस १, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १, २०७९

vianetvianet

बुटवल– लुम्बिनी विकास कोषले रुपन्देही ५ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान तथा बधाइ ज्ञापन गरेको छ। रुपन्देही ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित वासुदेव घिमिरे र प्रदेशसभा सदस्यमा निर्वाचित सिके गुप्तालाई कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश त्रिपाठी), कोषाध्यक्ष सिद्धिचरण भट्टराई र सदस्य सचिव सानुराजा शाक्यले सम्मान गरेका हुन् ।

सम्मान तथा बधाइ ज्ञापन कार्यक्रममा प्रतिनिधिसभा सदस्य निर्वाचित वासुदेव घिमिरेले विश्वमा लुम्बिनीबाटै नेपाल चिनाउन सकिने भएकाले यसको विकासमा सबै पक्षबीच हातेमालो जरुरी रहेको बताए। उनले लुम्बिनीलाई केन्द्रमा राखेर रुपन्देहीको विकास निर्माणलाई अगाडि बढाउने बताउँदै कोषको गुरुयोजना सम्पन्न गर्न संघीय सांसदको रुपमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

लुम्बिनीभित्र स्थानीय नागरिकलाई जोडेर विकास गर्नुपर्ने खाँचो उनले औंल्याए। कार्यक्रममा रुपन्देही ५ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य सिके गुप्ताले लुम्बिनीको विकासका लागि जनप्रतिनिधिका रुपमा आफू सहयोग गर्न तयार रहेको बताए। उनले लुम्बिनीमा अस्पताल आवश्यक रहेकाले त्यसका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय(अवधेश त्रिपाठी) ले लुम्बिनी गुरुयोजना पूरा गर्नु नै पहिलो प्राथमिकता रहेको बताए। उनले लुम्बिनी गुरुयोजनाका लागि साढे ७ अर्बको बजेट आवश्यक रहे पनि एकमुष्ट बजेट नछुट्दिा निर्माण ढिलाइ भइरहेकाले यसमा पहल गर्न सांसदको ध्यानार्कषण गराए।

उनले लुम्बिनी क्षेत्रमा अन्र्तराष्ट्रिय स्तरको अस्पताल र गुणस्तरीय बौद्ध शिक्षा दिने शिक्षालय आवश्यकता रहेकाले यसतर्फ संघीय र प्रदेश सांसदले आवाज उठाउनुपर्ने बताए।

कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले लुम्बिनीको विकासमा नयाँ काम गर्न चाहेकाले त्यसका लागि नवनिर्वाचित सांसदसँग सहकार्य गर्न तयार रहेको सुनाए।  लुम्बिनीलाई सुरक्षित, सुन्दर र बौद्धमार्गीको आस्था केन्द्र बनाउन गरी मिलेर काम गर्न सकिने उनको भनाइ छ।

कार्यक्रममा कोषका सदस्य सचिव सानुराजा शाक्यले गुरुयोजना अनुसारका निर्माण भइरहेको बताउँदै पर्याप्त बजेटका लागि पहल गरिदिन आग्रह गरे। उनले गुरुयोजनाका लागि बजेट सुनिश्चितता भए पनि वर्षमा १ अर्बको हाराहारी मात्रै छुट्याउँदा गुरुयोजनाको कामले गति लिन नसकेको जानकारी दिए।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धीन खाँन, ३ नम्बर वडाध्यक्ष अकरामुद्धिन मुसलमानले लुम्बिनीभित्र मात्रै नभई बाहिरी क्षेत्रको विकासमा पनि ध्यान दिनुपर्ने बताए। कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले लुम्बिनी विकास कोषको प्राथमिकता र बौद्ध सर्किटबारे जानकारी दिए।

प्रकाशित: Dec 16, 2022| 12:55 शुक्रबार, पुस १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।