बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • साताव्यापी मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस

साताव्यापी मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस

२०६५/६६ देखि २०७८/७९ सम्म २ लाख ८६ हजार महिलासहित ५० लाख ८३३ जना नेपाली श्रम स्वीकृति लिएर बिदेसिए।
 |  शुक्रबार, पुस १, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १, २०७९

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मूल समितिले साताव्यापी आप्रवासी श्रमिक दिवस मनाइने बताएको छ। ‘वैदेशिक रोजगारबाट प्राप्त सीप, पुँजी र ज्ञान : उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’  नारासहित अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइने भएको हो। देशभर सप्ताहव्यापी रूपमा मनाइने उक्त कार्यक्रम शुक्रबारदेखि बिहीबारसम्म सञ्चालन गरिनेछ। 

National life

पत्रकार सम्मेलनमा श्रमसचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीलाई क्यासलेस, फेसलेस र पेपरलेस बनाएर सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने काममा राम्रो उपलब्धि प्राप्त गरेको दाबी गरे। वैदेशिक रोजगारीका नाममा हुने नयाँ–नयाँ तरिकाले हुने ठगी रोक्न अझै चुनौती रहे पनि वैदेशिक रोजगारीका मूलभूत कार्यलाई व्यवस्थित गरिसकिएको उनले बताए। 

सचिव अर्यालले पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने श्रमशक्तिका लागि वित्तीय साक्षरता र सीपमूलक तालिमको सञ्चालन गर्ने, वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको सामाजिक पुनः एकीकरण एवं पुनस्र्थापना तथा वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप र उद्यमशीलताको उपयोग गर्नेजस्ता महत्वपूर्ण काम भइरहेको जानकारी दिए। 

वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुनः एकीकरणका लागि वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिका लागि पुनः एकीकरण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७९, मार्फत स्थानीय तहसँग सहकार्य गरी कार्यक्रम सञ्चालनका लागि प्रक्रिया अगाडि बढेको छ। 

अन्तर्राष्ट्रिय श्रम बजारमा उच्च माग भएका दक्ष एवं सीपयुक्त उत्पादनका लागि स्थानीय तहमार्फत श्रमिकलाई वैदेशिक रोजगारसम्बन्धी पूर्ण ज्ञान प्रदान गर्न सके मात्रै वैदेशिक रोजगार मर्यादित र व्यवस्थित बनाउन सकिने भएकाले स्थानीय तहलाई बढी सक्रिय र जिम्मेवार बनाउन लागिएको उनको भनाइ छ।

Shivam cement

मन्त्रालयले यसरी सुरक्षित एवं मर्यादित वैदेशिक रोजगारीका लागि सरोकारवालामा सचेतना बढाउने उद्देश्यले विगत वर्षजस्तै यस वर्ष पनि आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रूपमा मनाउने निर्णय भएको छ। वैदेशिक रोजगार विभागका अनुसार आव २०६५/६६ देखि २०७८/७९ सम्म २ लाख ८६ हजार महिलासहित ५० लाख ८३३ जना नेपाली श्रम स्वीकृति लिएर विदेश गएका छन्।

प्रकाशित: Dec 16, 2022| 11:14 शुक्रबार, पुस १, २०७९
प्रतिक्रिया दिनुहोस्