पूर्वी नवलपरासी- देवचुली नगरपालिकाको गैंडीमा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन्। उनको दुम्कौलीस्थित प्राथामिक स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि भरतपुर अस्पताल पठाइएको छ।
देवचुली नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष लोकप्रसाद भुर्तेलका अनुसार आज बिहान ८ बजे देवचुली वडा नम्बर ७ एस मोडमा बाटोमा हिँड्दै गरेका एक स्थानीयलाई आक्रमण गरेर घाइते बनाएको हो। उनको परिचय खुल्नसकेको छैन। बाक्लो हुस्सु लागेका कारण मान्छे नचिनिने अवस्था रहेको बेला गैंडाले आक्रमण गरेको हो।