बुधबार, फागुन २८, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • दाइजो र कुटपिट प्रकरण: पंकजको घरमा ढुंगा बर्साउन थालेपछि पक्राउ परे नेहा र निहारिका

दाइजो र कुटपिट प्रकरण: पंकजको घरमा ढुंगा बर्साउन थालेपछि पक्राउ परे नेहा र निहारिका

पतिसँग सम्बन्ध बिग्रँदै गएपछि आज बिहीबार घरमा ढुङ्गा बर्साउँदै गर्दा नेहा चौधरीसहित अर्की सहयोगी निहारिका राजपूतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 |  बिहीबार, मंसिर २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

महोत्तरी- पतिसँग सम्बन्ध बिग्रँदै गएपछि आज बिहीबार घरमा ढुङ्गा बर्साउँदै गर्दा नेहा चौधरीसहित अर्की सहयोगी निहारिका राजपूतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

health

पति डाक्टर पङ्कज चौधरीको रामगोपालपुर–५ स्थित घरको मुख्यद्वारमा सहयोगी निहारिकासहित गत मङ्गलबारदेखि धर्ना दिँदै अनशनमा बसेकी नेहाले घर परिसरमा ढुङ्गा बर्साउन थालेपछि त्यहाँ बढेको तनाव रोक्न दुवैलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। अनशनमा बसेका नेहा र निहारिकाले घरको मुख्यद्वारको ताल्चा नखोलिएर आफू घरभित्र पस्न नपाएको भन्दै गत मङ्गलबारदेखि नै धर्ना बस्दै आएका थिए।

धर्नामा बसेकी नेहाले निहारिकाको सहयोगमा आफूहरू धर्नामा बसेको तीन दिन भइसक्दा पनि आफ्नै घरमा पस्न नपाइएको भन्दै ढुङ्गा बर्साउन थालेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको टोली घटनास्थल पुगेको थियो। नेहा र निहारिकाले अन्य सहयोगीको साथ लिँदै प्रहरी टोलीमाथि पनि ढुङ्गा बर्साएका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिए। प्रहरीले तनाव नियन्त्रण गर्न पाँच सेल अश्रुग्यास पनि फायर गरेको जनाएको छ। झडपका क्रममा चार सुरक्षाकर्मी घाइते भएका छन्।

केही दिन पहिलेदेखि पति डा पङ्कज चौधरी र घरका परिवारजनले शारीरिक र मानसिक यातना दिँदै आएका आरोप लगाउँदै आएकी नेहाका पति डा पङ्कज चौधरीलाई प्रहरीले गत मङ्गलबार नै नियन्त्रणमा लिइसकेको छ। मुख्य आरोपीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइसकेको अवस्थामा नेहा र निहारिकाले कोही नभएको घरमा ढुङ्गा बर्साएर अनावश्यक बखेडा खडा गरेका प्रहरी उपरीक्षक पङ्गेनीको भनाइ छ।

लामो समय प्रेम सम्बन्धमा रहेर विवाह गरेका डा चौधरी र जिल्लाकै औरही–१ माइती भएकी नेहाबीच पतिले दाइजोमा काठमाडौँमा घर किनिदिन ससुराली पक्षलाई दबाब दिएपछि सम्बन्ध बिग्रँदै गएको नेहा पक्षको भनाइ छ। नेहा र डा चौधरीको बिग्रँदै गएको सम्बन्धबारे समाचार प्रकाशित हुँदै आएपछि कुमारी आमाको नामले चिनिने निहारिका राजपूत नेहाको सहयोगमा जुटेकी हुन्। निहारिकाको पनि उच्च अदालत जनकपुरमा पति (प्रेमी)सँगको मुद्दा विचाराधीन छ।

प्रकाशित: Dec 15, 2022| 18:17 बिहीबार, मंसिर २९, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।