बिहीबार, जेठ २८, २०८३

सामसङ इनोभेसन क्याम्पस सुरु

इलेक्ट्रोनिक्स र स्मार्ट फोन ब्राण्ड सामसङले आफ्नो ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन गरेको छ।
 |  बिहीबार, मंसिर २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

काठमाडौं- इलेक्ट्रोनिक्स र स्मार्ट फोन ब्राण्ड सामसङले आफ्नो ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन गरेको छ। बुधबार त्रिभुवन विश्वविद्याल यइन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा उक्त कार्यक्रम उद्घाटन गरेको हो। 

National life

यस कार्यक्रम अन्तर्गत सामसङले नेपालका युवाहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स, बिगडेटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्स जस्ता प्राविधिक सीपहरूमा तालिम दिइने छ।जसले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्‍याउँछ।

सामसङ इनोभेसन क्याम्पसको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, सामसङ साउथवेस्ट एसियाका नेपाल कार्यालय हेड सुङजुनपार्क, राजदूत पार्कचोङसुकले गरे।

पुल्चोक क्याम्पसमा आयोजित समारोहमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा.शशिधर राम जोशी, रेक्टर त्रिभुवन विश्वविद्यालयका डा. शिवलाल भुसालको सहभागिता थियो।

कम्पनीका अनुसार कार्यक्रमको एक हिस्साका रूपमा युवाहरूलाई वास्तविक जागिरका लागि सीपहरू र मागअनुसारको प्राविधिक सीप प्रदान गरिनेछ। जसले उनीहरूको डिजिटल साक्षरता, सिकाउने क्षमता, रचनात्मकता र रोजगारीमा सुधार हुने विश्वास छ। 

Shivam cement

प्रकाशित: Dec 15, 2022| 17:28 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्