बिहीबार, जेठ २८, २०८३

फोटोन इलेक्ट्रिक कार्गो भ्यान नेपाली बजारमा

बहुप्रतिक्षित फोटोन इलेक्ट्रिक भ्यान काठमाडौंमा आएको छ। केहि समय फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्सको इलेक्ट्रिक कार्गो भ्यान नेपाली बजारमा ल्याउने घोषणा गरेको थियो।
 |  बिहीबार, मंसिर २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

काठमाडौं- बहुप्रतिक्षित फोटोन इलेक्ट्रिक भ्यान काठमाडौंमा आएको छ। केहि समय फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्सको इलेक्ट्रिक कार्गो भ्यान नेपाली बजारमा ल्याउने घोषणा गरेको थियो।

National life

कम्पनीका आनुसार फोटोनका यी कार्गो भ्यानको ब्याट्री क्षमता ५०.२३ किलोवाट रहेको छ। यी भ्यानहरुको रेञ्ज सिङ्गल चार्जमा २३५ किलोमिटरसम्म रहेको छ। यसको ८५ के इन्जिन क्षमता रहेको छ भने २९० एनएम टर्क रहेको छ। ७ क्युविक मिटर स्पेस रहेका यी भ्यानले ११५० केजी भार बहन क्षमता राख्छन्। डिपार्टमेन्ट स्टोर, इकमर्स, फार्मेसी, हार्डवेयर, एफएमसीजी कार्गो कुरियर, दुरसंचार प्रदायक जस्ता बिभिन्न व्यबसायलाइ बहुउपयोगी हुने कार्गो भ्यान काठमाडौं आएको कम्पनीले जनाएको छ।

एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले आफूहरु सम्पूर्ण इलेक्ट्रिक हुने यात्रामा रहेको जनाएको छ। केहि दिन भित्रै फोटोनका प्यासेन्जर भ्यान पनि आइपुग्ने, जुन स्कुल, होटल, रुट, अफिस लगायतका लागि बहुउपयोगी हुने कम्पनीले जनाएको छ।

लिथियम ब्याट्रीबाट सञ्चालन हुने बिजुली बस, कार, मोटरसाईकल, स्कुटर आदि उत्पादनमा चीन अरु राष्ट्रहरुभन्दा धेरै माथि रहेको अवस्था छ। उत्पादन संख्या धेरै भएको चिनका उत्पादकहरुले विश्व बजारमा धेरै संख्यामा गाडी तथा ब्याट्रीहरु सुपथ मूल्यमा मागअनुसार निर्यात गरिरहेको छ।

आजको विश्वको मुख्य चुनौती वातावरण प्रदूषण हो, बिजुली गाडी बाट वातावरण प्रदूषण नगन्य मात्रामा हुने भएकोले गर्दा अबको फोटोन को यात्रा बिजुली गाडीतिर बडी केन्द्रित हुनु सकारात्मक छ। फोटोन मोटर्सले वातावरणमैत्री एवम् जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने कार्गो भ्यान नेपाली बजारमा ल्याएको हो।

Shivam cement

वातावरणमैत्री एवम् जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने बिजुलीबाट उत्पादित यस्ता प्रकारका भेहिकलप्रति उपभोक्ताहरुको राम्रो ध्यानाकर्षण भईरहेको र मागहरु बढ्दै गइरहेको छ। बिजुली आपूर्ति सहज हुँदा डिजेलभन्दा बिजुली गाडी सञ्चालन खर्च कम हुने अन्तर्राष्ट्रिय अध्ययनहरुले प्रमाणित गरिसकेको छ।

प्रकाशित: Dec 15, 2022| 17:00 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्