बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वैदेशिक रोजगारबाट फर्किएकाको तथ्यांक बटुल्दै शुक्लाफाँटा

वैदेशिक रोजगारबाट फर्किएकाको तथ्यांक बटुल्दै शुक्लाफाँटा

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले आर्जन गरेको पुँजी, प्रविधि, ज्ञान र सीप उपयोग गरी स्वदेशभित्रै रोजगारी उपलब्ध गराउन नगरपालिकाले तथ्यांक संकलन अगाडि बढाएको हो।
 |  बिहीबार, मंसिर २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले वैदेशिक रोजगारबाट फर्केकाको तथ्यांक संकलन सुरु गरेको छ। वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले आर्जन गरेको पुँजी, प्रविधि, ज्ञान र सीप उपयोग गरी स्वदेशभित्रै रोजागरी उपलब्ध गराउन नगरपालिकाले तथ्यांक संकलन अगाडि बढाएको हो।

National life

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्डको सचिवालयले स्थानीय तहको सहकार्यमा त्यस व्यक्तिलाई पुनः एकीकरणका कार्यक्रम सञ्चालनका लागि नगरपालिकाका १२ वटै वडामा तथ्यांक संकलन भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकेन्द्रराज भट्टले जानकारी दिए। 

वैदेशिक रोजगार बोर्डको सचिवालयबाट स्वीकृत पुनः एकीकरण कार्यक्रम( सञ्चालन तथा व्यवस्थापन निर्देशिका) २०७९ बमोजिम कार्यक्रम सञ्चालन हुने उनको भनाइ छ। 

कार्यक्रम स्थानीय तहको माग, आवश्यकताबमोजिम स्थानीय तहमार्फत सञ्चालन हुने उनले बताए। स्वदेशभित्रै रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गरी वैदेशिक रोजगारी माथिको परनिर्भरतालाई क्रमशः कम गर्दै लैजाने उद्देश्यअनुरुप कार्यक्रम सञ्चालन हुन लागेको छ।

‘नगरपालिकाका सबै वडामा यसबारे पत्राचार गरिसकेका छौं’, उनले भने, ‘वडा कार्यालयमार्फत सात दिनभित्र तथ्यांक संकलनपछि वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले इच्छाएका कार्यक्रम सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइनेछ।’

Shivam cement

नगरपालिकाका अधिकांश युवाहरु रोजगारीका लागि भारतलगायत खाडीमुलुकमा जाने गरेका छन्। विदेशमा सिकेको सीपको सदुपयोग गर्दै रोजगारी अवसर सिर्जना गर्न कार्यक्रमले सघाउने नगरप्रमुख रणबहादुर महराको भनाइ छ।–रासस 

प्रकाशित: Dec 15, 2022| 19:30 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्