बुधबार, फागुन २०, २०८२

जनकपुर रोयल्सको मुख्य प्रशिक्षकमा उमेश पटवाल

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व मुख्य प्रशिक्षक उमेश पटवाललाई जनकपुर रोयल्सले आगामी टी २० लिगका लागि मुख्य प्रशिक्षक बनाउने भएको छ।
 |  बिहीबार, मंसिर २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व मुख्य प्रशिक्षक उमेश पटवाललाई जनकपुर रोयल्सले आगामी टी २० लिगका लागि मुख्य प्रशिक्षक बनाउने भएको छ।

आगामी पुस ८ गतेबाट काठमाडौंमा सुरु हुने प्रतियागिताको लागि जनकपुरले पटवाललाई मुख्य प्रशिक्षक बनाएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको हो।

‘नेपाली क्रिकेट टिममा पहिला पनि काम गरिरहेको हिसाबले उनी नेपाली क्रिकेटबारे जानकार छन्,’ फ्रेन्चाइज क्लबले भनेको छ, ‘भारत, अफगानिस्तान र युएईमा प्रशिक्षण गरिसकेका उनी अनुभवका धनी छन्।’

जनकपुरले आफूलाई प्रशिक्षकमा नियुक्त गरेपछि पटवालाले नेपाल फर्कनको लागि उत्साही रहेको बताएका छन्। ‘रोयल्ससँग काम गर्न पाउँदा म खुसी छु। म चिनजानका केही खेलाडी र नयाँ युवा खेलाडीसँग काम गर्नका लागि उत्साही छु,’ मुख्य प्रशिक्षकमा नियुक्त भएपछि पटवालाले क्लबसँग भनेका छन्।

यता क्लबका मालिक गोविन्द खान्डेलवालले उनको प्रशिक्षणमा जनकपुरले सफल यात्रा गर्ने विश्वास लिएको बताएका छन्।

kumari

जनकपुरको टिममा मार्की खेलाडी सोमपाल कामी रहेका छन्। त्यस्तै बी क्याटोगोरीको खेलाडीमा सन्दिप जोरा, मोहम्मद आदिल आलम, दिलिप नाथ, ललित राजवंशी रहेका छन्। त्यस्तै सुसन भारी, सागर पुन, पवन सर्राफ, जितेन्द्र मुखिया, खडक बोहरा र राजेश पुलामी सी श्रेणीका खेलाडी हुन्। अब रोयल्सले २४ डिसेम्बरमा पोखरासँग खेल्दै सिजनको सुरुआत गर्नेछ।

प्रकाशित: Dec 15, 2022| 19:10 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।