शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आपराधिक पृष्ठभूमिको व्यक्ति बैंक तथा वित्तीय संस्थाको सीईओ हुन नपाउने

आपराधिक पृष्ठभूमिको व्यक्ति बैंक तथा वित्तीय संस्थाको सीईओ हुन नपाउने

बैंक तथा वित्तीय संस्था, लघुवित्त कम्पनी तथा पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुनका लागि प्रहरी प्रतिवेदन आवश्यक हुने भएको छ।
 |  बिहीबार, मंसिर २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

काठमाडौं– बैंक तथा वित्तीय संस्था, लघुवित्त कम्पनी तथा पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुनका लागि प्रहरी प्रतिवेदन आवश्यक हुने भएको छ।

National life

नेपाल राष्ट्र बैंकले विहिबार बैंक तथा वित्तीय संस्था, लघुवित्त तथा पूर्वाधार विकास बैंकलाई निर्देशन जारी गरी सिइओमा अपराधिक पृष्ठभूमि नदेखिएको मानिस मात्र नियुक्त गर्नुपर्ने निर्देशन दिएको हो। 

राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार कुनैपनि चोरी, ठगी, भ्रष्टाचार वा फौजदारी अभियोग तथा बैंकिङ कसुरमा सजाय नपाएको व्यक्ति मात्र सिइओ हुन सक्नेछन्। आपराधिक पृष्ठभूमिको भएपनि उसले सजाय पाएको पाँच वर्ष कटेको छैन भने उसले पनि सिइओ हुन पाउँदैन। 

नेपाल राष्ट्र बैंकका अनुसार सिइओको लागि प्रहरी प्रतिवेदनमा अपराधिक पृष्ठभूमि नभएको वा भएपनि सजाय भुक्तान गरेको पाँच वर्ष पूरा भएको हुनुपर्ने छ।

प्रकाशित: Dec 15, 2022| 16:39 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्