शुक्रबार, कात्तिक २८, २०८२

क्रिकेटका मुख्य प्रशिक्षक प्रभाकरको राजीनामा सदर

‘मनोज प्रभाकरले नेपाली टिमको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका छन्। उनले अहिलेबाटै लागू हुनेगरी दिएको राजीनामा डिसेम्बर १५ बाट रहनेछ। क्यानले यो राजीनामा सदर गरेको छ,’ क्यानले सूचनामा लेखेको छ।
 |  बिहीबार, मंसिर २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

काठमाडौं– नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले स्वदेश (भारत) दिल्ली फर्किएर दिएको राजीनामा नेपाल  क्रिकेट संघ (क्यान) ले सदर गरेको छ। क्यानले बिहीबार दिउँसो सूचना जारी गर्दै प्रभाकरको राजीनामा सदर गरेको जानकारी दिएको हो।

National life

‘मनोज प्रभाकरले नेपाली टिमको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका छन्। उनले अहिलेबाटै लागू हुनेगरी दिएको राजीनामा डिसेम्बर १५ बाट रहनेछ। क्यानले यो राजीनामा सदर गरेको छ,’ क्यानले सूचनामा लेखेको छ।

क्यानले मनोजको उज्ज्वल भविष्यको कामना पनि गरेको छ। मनोज प्रभाकर गएको साउन २३ गते नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए।

उनले चार महिनामात्र काम गर्ने अवसर पाएका छन्। उनले त्यस दौरान केन्या टुर, त्रिवि मैदानमा यूएई सिरिज र नामिबिया सिरिज खेलाएका थिए। दुई सिरिजमा उनले नेपाललाई सफलता दिलाए पनि लिग २ मा नेपालको कमजोर प्रदर्शन उस्तै रह्यो।

भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर तथा रणजी ट्रफी विजेताको प्रोफाइल भएका उनी नेपाली टिमका प्रशिक्षण सम्हाल्न आएका थिए। उनले नेपाली टिमको क्रमलाई तलमाथि बनाएको आरोप पनि लागेको छ। त्यस्तै उनी र खेलाडीबीच केन्या टुरमा भनाभन पनि भएको थियो।

Laxmi sunrise bank
kumari

यसबारेमा प्रभाकरले स्पष्टोक्ति दिइसकेका छन्। श्रीलंकन मूलका क्यानेडियन नागरिक पुबुदु दासानायकेले साउन ४ गते राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षकविहीन थियो। दासानायकेले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ८ महिना प्रशिक्षण दिएका थिए।

त्यसअघि नेपाली टिमको प्रशिक्षण सम्हाल्न नेपाल आइपुगेका अष्ट्रेलियन प्रशिक्षक डेव वाटमोरले पनि सम्झौताको समय बाँकी रहँदै राजीनामा दिएका थिए।

प्रकाशित: Dec 15, 2022| 16:26 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।