बुधबार, वैशाख २६, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • नयाँले नपाउने भो विश्वकपको उपाधि, यी हुन् अहिलेसम्मका च्याम्पियन

नयाँले नपाउने भो विश्वकपको उपाधि, यी हुन् अहिलेसम्मका च्याम्पियन

कतारको अल बायत रंगशालामा बुधबार राती सम्पन्न दोस्रो सेमिफाइनलमा पनि डिफेन्डिङ च्याम्पियनले नै स्थान बनाएपछि कतार विश्वकपले नयाँ विजेता नपाउने भएको हो।
 |  बिहीबार, मंसिर २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

काठमाडौं– कतार विश्वकपले नयाँ विजेता नपाउने भएको छ। कतारको अल बायत रंगशालामा बुधबार राती सम्पन्न दोस्रो सेमिफाइनलमा पनि डिफेन्डिङ च्याम्पियनले नै स्थान बनाएपछि कतार विश्वकपले नयाँ विजेता नपाउने भएको हो।

triton college

यो वर्ष सेमीफाइनलमा अहिलेसम्म उपाधि नजितेका दुई टिमले स्थान बनाएका थिए। तर सेमिफाइनलको पहिलो खेलमा क्रोएसियालाई अर्जेन्टिनाले हरायो भने अर्को सेमिफाइनलमा मोरोक्कोलाई फ्रान्सले हरायो।

यससँगै अहिले दुई पटकका विश्वकप विजेता फ्रान्स अर्जेन्टिनाले फाइनलमा स्थान बनाएका छन्। अब यी दुईमध्ये जुन टिमले जित निकाल्छ, तेस्रो पटक विश्वकप जित्नेछ।

यता, फ्रान्स भने ब्याक टू ब्याक विश्वकप फाइनलमा पुगेको छ। यदि यसले उपाधि जिते लगातार दोस्रो पटक उपाधि जित्ने तेसो टिम हुनेछ। यसअघि सन् १९३४ र १९३८ मा इटालीले तथा १९५८ र १९६२ मा ब्राजिलले लगातार दोस्रो पटक विश्वकप उपाधि जितेका थिए।

यी हुन् अहिलेसम्म उपाधि जित्ने टिम
सन् १९३० बाट विश्वकप सुुरु भएको हो। दक्षिण अमेरिकाबाट सुरु भएको विश्वकपको पहिलो संस्करणमै आयोजक उरुग्वेले विश्वकप जितेको थियो। त्यसपछि लगातार दुई पटक इटालीले जित्यो। उसले आफ्नै भूमिमा पहिलो पटक जितेको थियो भने १९३८ को उपाधि फ्रान्समा जितेको थियो।

corrent noodles
Metro Mart

विश्वयुद्धको प्रभावका कारण सन् १९४२ र १९४६ मा विश्वकप नै हुन पाएन। त्यसपछि सन् १९५० बाट कहिले पनि विश्वकप रोकिएन। त्यो वर्ष फेरि उरुग्वेले नै विश्वकप जितेको थियो। उरुग्वेले त्यसपछि कहिले विश्वकप जितेन। त्यति मात्र होइन, ऊ विश्वकपको फाइनलमै पुगेको छैन।

सन् १९५४ को विश्वकप पश्चिम जर्मनीले जितेको थियो भने १९५८ र १९६२ को ब्राजिलले। सन् १९६६ मा इंग्ल्यान्डले विश्वकप जितेको हो। पेलेले अन्तिम पटक ब्राजिललाई १९७० मा विश्वकप जिताएका थिए।

त्यस्तै, १९७४ मा पश्चिम जर्मनी, १९७८ मा अर्जेन्टिनाले पहिलो पटक विश्वकप जित्यो। यसअघि नै दुई पटक उपाधि जितेको इटालीले सन् १९८२ मा ब्राजिलको रेकर्डसँग बराबरी गर्दै तीन उपाधि जितेको थियो।

१९८६ मा अर्जेन्टिनाले दोस्रो उपाधि जित्यो। पश्चिम जर्मनीले १९९० मा जितेको थियो। अमेरिकामा १९९४ मा आयोजना भएको विश्वकपमा जितेर ब्राजिल चौथो पटक विश्वकप जित्ने पहिलो देश भयो। ब्राजिलले २००२ मा पाँचौं पटक जित्यो भने त्यसबीच सन् १९९८ मा फ्रान्सले जितेको थियो।

प्रकाशित: Dec 15, 2022| 16:11 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।