आइतबार, चैत १९, २०७९

'प्रसाद २' को छायांकन ४० दिनसम्म माछापुच्छ्रेमा

प्रतिक्षित फिल्म ‘प्रसाद २’को छायांकन सुरु भएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिकामा यो फिल्मको छायांकन ४० दिनसम्म चल्नेछ।
 |  बिहीबार, मंसिर २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

काठमाडौं– प्रतिक्षित फिल्म ‘प्रसाद २’को छायांकन सुरु भएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिकामा यो फिल्मको छायांकन ४० दिनसम्म चल्नेछ।

National life insurance

एसजी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई सुदर्शन बस्नेतले निर्माण गर्दैछन्। सुवास थापा चलचित्रका प्रस्तुतकर्ता हुन्।

आज बिहान भएको शुभसाइत समारोहमा मुख्य कलाकारहरु नायक विपिन कार्की र नायिका केकी अधिकारीले मुहुर्त सट दिएका थिए। सफल निर्देशक सुदर्शन थापाको निर्देशनमा तयार हुने चलचित्रमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डे लगायतका कलाकारको अभिनय रहनेछ। चलचित्रमा राजेश श्रेष्ठको छायांकन, उत्तम न्यौपानेको ध्वनी, राजनराज सिवाकोटीको संगीत रहनेछ। चलचित्रलाई संचारकर्मी सुशिल पौडेलले लेखेका हुन्।

चलचित्र ‘प्रसाद’ सुपरहिट भएपछि यसको सिक्वेलको रुपमा ‘प्रसाद २’को निर्माण हुन लागेको हो। चलचित्रको कथावस्तु  उत्कृष्ट भएकाले यसको सिक्वेलले पनि अघिल्लो श्रृङ्खलाको जस्तै माया पाउने विश्वास निर्देशक सुदर्शन थापाले लिएका छन्। चलचित्रको प्रदर्शन मिति छायांकन सकिएपछि तोकिने निर्माण पक्षले बताएको छ।

प्रकाशित: Dec 15, 2022| 06:50. 00 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

रहरले साहित्यकार कि तीक्ष्ण लेखन?

सिर्जनाभित्र मानिस र मानिस बाहेकका विषयले स्थान पाउँलान्। तर ती विषयलाई कसरी शिल्पिवद्ध गर्ने  लेखकको क्षमतामा भर पर्ने कुरा हो।

समापन भयो बुद्ध थिएटर फेस्टिभल

१३ चैतदेखि जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको महोत्सव पाँचौं दिन वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै समापन गरिएको हो।

मौन आवाज र अभिव्यक्तिभित्रकी मृदुभाषी झमक

सामाजिक सञ्जालका भित्तामा उनका भावना बेला–बेला पोखिएका हुन्छन्। मोबाइलको किबोर्डमा पनि उनका ती दुई खुट्टाकै औंला कुदिरहेका हुन्छन्। अहो ! कस्तो विलक्षण प्रतिभा।

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।