आइतबार, चैत १९, २०७९

किन विवादित भयो दीपिकाको बिकिनी?

बलिउड बादशाह शाहरुख खान अभिनित फिल्म ‘पठान’को हालै रिलिज भएको गीत ‘बेसरम रङ’ले भारतमा विवाद सिर्जिएको छ।
 |  बिहीबार, मंसिर २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

काठमाडौं– बलिउड बादशाह शाहरुख खान अभिनित फिल्म ‘पठान’को हालै रिलिज भएको गीत ‘बेसरम रङ’ले भारतमा विवाद सिर्जिएको छ। शाहरुख र चर्चित अभिनेत्री दीपिका पादुकोण फिचर्ड गीत बेसरम रङमा देखाइएको नृत्यको स्टेप र पहिरनलाई लिएर दीपिका विवादले घेरिएकी हुन्।

National life insurance

दीपिकाले पहिरिएको मोनोकोनी पहिरनलाई लिएर राजनीतिज्ञदेखि सर्वसाधारणले सम्म टिप्पणी गरेका छन्। सामाजिक सञ्जालदेखि प्रत्यक्ष विरोध गरिएका कारण हो बिकिनीको रङ। यसलाई लिएर सत्तारुढ भारतीय जनता पार्टी नेतासम्म आलोचनामा उत्रिएका छन्।

दीपिकाको पहिरनको रङ हिन्दू धर्मको पूजाआजामा प्रयोग हुन्छ भने सत्तारुढ दल बीजेपीले पनि यो रङलाई प्रयोग गर्दै आएको छ। मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले दृश्य नहटाए फिल्म रिलिज रोक्ने चेतावनी दिएका छन्। दीपिकाको बिकिनी र पहिरनको रङले अपमान गरेको आरोप उनको छ।

‘पठानका केही दृश्य विषालु मानसिकतामा आधारित छन्,’ उनले भने,  ‘बेसरम रङ गीतमा प्रयोग भएको पहिरनको रङको कपडा प्रयोग गर्नु गलत छ। यदि दृश्य परिवर्तन नगरिए मध्यप्रदेशमा रिलिज आवश्यक छैन।’

मिश्रले भने, ‘फिल्ममा टुकडे ग्याङकी समर्थक दीपिका पादुकोणले आपत्तिजनक कपडा पहिरिइन् र यो दूषित मानसिकताको साथ फिल्म बनाइयो।’ बीजेपी नेता समेत रहेका मिश्र गीतमा प्रयोग गरिएको वेशभूषा पहिलो नजरमै धेरै आपत्तिजनक रहेको बताउँछन्।

worldlink

भारतका कतिपय ठाउँमा गीतको विरोध गर्दै शाहरुख र दीपिकाको पुतला समेत जलाइएको छ। सिद्धार्थ आनन्द निर्देशित फिल्म ‘पठान’को गीत ‘बेसरम रङ’ १२ डिसेम्बरमा सार्वजनिक भएको थियो। तर फिल्म चाहिं २५ जनवरी २०२३ मा प्रदर्शन हुँदैछ। 


प्रकाशित: Dec 15, 2022| 06:20. 00 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

रहरले साहित्यकार कि तीक्ष्ण लेखन?

सिर्जनाभित्र मानिस र मानिस बाहेकका विषयले स्थान पाउँलान्। तर ती विषयलाई कसरी शिल्पिवद्ध गर्ने  लेखकको क्षमतामा भर पर्ने कुरा हो।

समापन भयो बुद्ध थिएटर फेस्टिभल

१३ चैतदेखि जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको महोत्सव पाँचौं दिन वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै समापन गरिएको हो।

मौन आवाज र अभिव्यक्तिभित्रकी मृदुभाषी झमक

सामाजिक सञ्जालका भित्तामा उनका भावना बेला–बेला पोखिएका हुन्छन्। मोबाइलको किबोर्डमा पनि उनका ती दुई खुट्टाकै औंला कुदिरहेका हुन्छन्। अहो ! कस्तो विलक्षण प्रतिभा।

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।