बिहीबार, जेठ २८, २०८३

जुम्ली स्याउले पाएन बजार

जुम्लामा उत्पादित स्याउले बजारीकरण नहुँदा उचित मूल्य पाउन सकेको छैन।
 |  बिहीबार, मंसिर २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

जुम्ला– जुम्लामा उत्पादित स्याउले बजारीकरण नहुँदा उचित मूल्य पाउन सकेको छैन। अधिकांश स्याउ किसानले भदौ, असोजमै बजारमा स्याउ बिक्रीका लागि लैजाने गरेका छन्। केही किसानले उचित मूल्य पाइने आशमा मंसिर र पुससम्म पनि स्याउ भण्डारण गरी राख्ने गरेका छन्। 

National life

सिञ्जा गाउँपालिका–५ का रामसिंह रावलले दसैंमा नेपालगञ्ज लैजान टिपेर कार्टुनमा राखेका स्याउ ढुवानी गर्ने गाडी नपाउँदा बिक्री गर्न पाएका छैनन्। उनले भने, ‘वर्षाले कर्णाली राजमार्ग बन्द भएपछि जुम्ला बजार ल्याउँदा पनि स्याउ बिक्री हुन सकेन।’ बजारीकरण गर्न नसक्दा नोक्सान बेहोर्नुपरेको रावलको भनाइ छ। 

जुम्ला विमानस्थलमा स्याउ बेच्न आएकी गेठीचौर गाउँपालिका–३ की उमादेवी अधिकारी बिक्री नहुँदा समस्या भएको बताउँछिन्। उनले भनिन्, ‘स्याउ खरिद गर्नेको संख्या कम छ। घरबाट दुई घन्टा हिँडेर बजारमा स्याउ ल्याए पनि बिक्री नहुँदा फेरि भारी बोकेर फर्किन निकै कठिन हुन्छ।’ 

स्याउ उत्पादन बढ्यो

जुम्लामा यो वर्ष स्याउ उत्पादन बढेको छ । जिल्ला कृषि कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले चालू आर्थिक वर्षमा १८ हजार मेट्रिक टन स्याउ उत्पादन भएको जानकारी दिए। गत आवमा १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो।

Shivam cement

स्याउ उत्पादन बढे पनि किसानले उचित मूल्य नपाउँदा चिन्तित बनेका छन्। हाल उत्पादित १८ हजार मेट्रिक टनमध्ये ९ हजार मेट्रिक टन स्याउ नेपालगञ्जलगायतका बजारमा पठाइएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए। यसअघि व्यवसायीले प्रतिकिलो ५० देखि ५५ मा स्याउ खरिद गरी ६७ देखि ७० रुपैयाँ प्रतिकिलोमा बिक्री गर्दै आएका थिए। 

तर अहिले किसान त्योभन्दा निकै कम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएको चन्दननाथ नगरपालिका–८ का स्याउ व्यापारी धर्मसिंह कठायतले बताए। जुम्लाको अर्गानिक स्याउ सुर्खेत, नेपालगञ्ज, दाङ, बुटवल, नारायणगढ र काठमाडौंसम्म पुगे पनि जुम्लीले उचित बजार मूल्य नपाएको यहाँका स्याउ किसानको गुनासो छ।

‘मैले प्रतिकिलो ५० रुपैयाँमा स्याउ किनेर ढुवानी खर्चसहित  ६० मा नेपालगञ्ज पुर्‍याएँ। तर प्रतिकिलो  ३० मा बिक्री गर्न बाध्य भएँ,’ कोहलपुरमा शीतभण्डार नहुँदा स्याउ सस्तोमा बेच्नुपर्ने बाध्यता आइलागेको कठायतको भनाइ छ।–रासस

प्रकाशित: Dec 15, 2022| 19:50 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्