बिहीबार, जेठ २८, २०८३

मर्स्याङ्दी विद्युत् आयोजनाको उत्पादन घट्यो

चिसो बढेसँगै नदीको बहाव कम भएकाले विद्युत् उत्पादन क्षमता घटेको हो।
 |  बिहीबार, मंसिर २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

काठमाडौं– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रको बिजुली उत्पादन घटेको छ। चिसो बढेसँगै नदीको बहाव कम भएकाले विद्युत् उत्पादन क्षमता घटेको हो।

National life

मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी भएकाले चिसो मौसममा घामको तापक्रम घट्ने हुँदा हिमाल कम पग्लने र जाडो याममा वर्षा पनि कम हुने भएकाले उत्पादन घटेको केन्द्र इन्जिनियर जगदीश ढुंगानाले बताए। 

चैत अन्तिमसम्म उत्पादन घट्दै जाने र त्यसपछि गर्मी मौसममा वायुमण्डलको तापक्रम बढेर हिमाल धेरै पग्लिने हुँदा पानीको बहाव बढेर विद्युत् उत्पादनमा वृद्धि हुने गर्छ। वैशाखपछि घामको तापक्रम बढ्ने हुँदा हिउँ धेरै पग्लने र बर्खा हुन थाल्ने भएकाले उत्पादन बढ्ने इन्जिनियर ढुंगाना बताउँछन्।

उनका अनुुसार हाल पानी कम हुँदा ६९ मेगावाट क्षमताको केन्द्रबाट घटेर दिउँसो ४० मेगावाट हाराहारी विद्युत् उत्पादन भएको छ।

नदीमा पानीको मात्रा आधा कम भएकाले उत्पादन पनि सोहीअनुसार घटेको इन्जिनियर ढुंगानाले जानकारी दिए। सुक्खा मौसममा विद्युत् उत्पादन कम हुँदा विद्युत प्राधिकरणले भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यता छ। साँझ र बिहान बिजुलीको माग धेरै हुने भएकाले नदीको पानी दिउँसो रिजर्भ ट्याङ्कीमा जम्मा गरेर लैजाने गरिएको र साँझ बिहान भने पूर्ण क्षमतामै उत्पादन हुने गरेको केन्द्रका प्रमुख बद्री फुयाँलले बताए। 

Shivam cement

विद्युत् माग साँझ ५ देखि १० बजेसम्म र बिहान ५ देखि १० बजे बढी हुने भएकाले थुनेर राखेको पानीलाई छाडेर पूरा क्षमता ६९ मेगावट नै उत्पादन गरिएको केन्द्र प्रमुख फुयाँलले  जानकारी दिए। उनका अनुसार विद्युत् माग धेरै भएको समयमा तीन वटा युनिटबाट २३÷२३ मेगावाटका दरले पूर्ण क्षमताअनुरुपको ६९ मेगावाट विद्युत् उत्पादन गरिँदै आएको छ। केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौंको स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

प्रकाशित: Dec 15, 2022| 14:42 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्