शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • फाइनलमा मेस्सीको अर्जेन्टिनालाई सामना गर्न मुस्किल : ग्रिजम्यान

फाइनलमा मेस्सीको अर्जेन्टिनालाई सामना गर्न मुस्किल : ग्रिजम्यान

मोरक्कोविरुद्ध २–० गोल अन्तरको जित निकाल्ने क्रममा उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर्स अफ द म्याच बनेका फ्रेन्च प्लेमेकर एन्टोनी ग्रिजम्यानले अर्जेन्टिनाको सामना गर्नु कठिन हुने बताएका हुन्।
 |  बिहीबार, मंसिर २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– कतारमा जारी फिफा विश्वकपको फाइनल खेल्ने दुवै टोलीको टुंगो लागिसकेको छ। दोस्रो सेमिफाइनलमा अफ्रिकी टिम मोरक्कोलाई पराजित गर्दै साविक विजेता फ्रान्सले अर्जेन्टिनासँगको भेट पक्का गरेको छ। 

मोरक्कोविरुद्ध २–० गोल अन्तरको जित निकाल्ने क्रममा उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर्स अफ द म्याच बनेका फ्रेन्च प्लेमेकर एन्टोनी ग्रिजम्यानले मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनाको सामना गर्नु फरक तथा कठिन हुने बताएका छन्। 

खेलपछि मिडियासँग कुरा गर्दै ग्रिजम्यानले भने, ‘हामीले अर्जेन्टिना खेलेको हेरेका छौं। उनीहरुविरुद्ध खेल्न धेरै कठिन हुनेछ। मेस्सीको नेतृत्वमा रहेको टिमलाई उनले राम्रोसँग खेलाउने गर्छन्। उनी आफैं उच्च लयमा छन्। त्यसैले यसपटक अर्जेन्टिनाविरुद्ध खेल्न हामीलाई धेरै कठिन हुनेछ। हामी उनीहरुविरुद्ध धेरै तयारीका साथ मैदानमा उत्रिनुपर्ने हुन्छ।’

प्रकाशित: Dec 15, 2022| 11:37 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।