शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • स्पेनको खेल पोशाक निर्माता कम्पनी केल्मीसँग एन्फाको सम्झौता 

स्पेनको खेल पोशाक निर्माता कम्पनी केल्मीसँग एन्फाको सम्झौता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-अखिल नेपाल फुटबल संघ एन्फाले स्पेनको खेल पोशाक निर्माता कम्पनी केल्मीसँग प्रायोजन सम्झौता नविकरण गरेको छ । गतबर्षको सम्झौता रकममा भारी वृद्धि गर्दै एन्फाले केल्मीसंगको सहकार्यलाई निरन्तरता दिएको हो ।

एन्फाको अघिल्लो कार्यसमितिले केल्मीसँग ३ बर्षको प्रायोजन सम्झौता गरेको थियो । जसमा प्रत्येक बर्ष सम्झौता नविकरण गर्नुपर्ने शर्त राखिएको थियो । 

सोही अनुसार एन्फामा नयाँ कार्यसमिति आएपछि केल्मीसँग नयाँ सम्झौता भएको हो । सम्झौता अनुसार केल्मीले अखिल नेपाल फुटबल संघ एन्फालाई सन् २०१९ मा ८५ लाख रुपैयाँ उपलब्ध गराउनेछ । 

सम्झौता अनुसार कम्पनीले नेपाली फुटबल टिमलाई ३ सय ५० सेट जर्सीसमेत उपलब्ध गराउनेछ । जसको बजार मुल्य करिब १० लाख पर्नेछ । एन्फा उपाध्यक्ष पंकज नेम्वाङ सम्मिलित तीन सदस्यीय टोली चीन पुगेर सम्झौतामा हस्ताक्षर गरेको हो । 

टोलीमा खरिद समितिका संयोजक प्रदेशसिंह राठौर र बाग्लुङ जिल्ला फुटबल संघका अध्यक्ष रामराज गुरुङ रहेका थिए । सम्झौता पत्रमा एन्फाबाट उपाध्यक्ष नेम्वाङ र केल्मीका चीनियाँ प्रतिनिधिले हस्ताक्षर गरेका थिए । 

केल्मीसंग नेपालको तीन बर्षको प्रायोजन सम्झौता छ । अघिल्लो बर्ष नेपालले प्रायोजनबाट करिब ५५ लाख रुपैयाँ पाएको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।