शुक्रबार, वैशाख २५, २०८३

साढे आठ हजार सशस्त्र जवान सरुवा

सशस्त्र प्रहरी बल नेपालले मंगलबार ८ हजार ४ सय ८८ जना जवानको सरुवा गरेको छ।
 |  बिहीबार, मंसिर २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

काठमाडौं- सशस्त्र प्रहरी बल नेपालले मंगलबार ८ हजार ४ सय ८८ जना जवानको सरुवा गरेको छ।

National life

सरुवा प्रयोजनका लागि केही समयअघि मात्र देशभरका जवानलाई उनीहरूको प्राथमिकताअनुसार तीनवटा युनिटको नाममा लेखाएर फारम नै भराइएको थियो। सोहीअनुसार सम्भव भएसम्म माग गरेबमोजिमको कार्यालयमा र सम्भव नभए नजिकको अर्को युनिटमा सरुवा गरिएको सशस्त्र मुख्यालयले जनाएको छ।

यस्तै, सीमावर्ती इलाकाका युनिटमा लामो समय दरबन्दी भएका जवानलाई सीमा इलाकाबाहेक अन्यत्र सरुवा गरिएको छ। सरुवाका लागि मुख्यालयस्थित उजुरी तथा गुनासो सुनुवाइ शाखामा प्राप्त निवेदन तथा गुनासोसमेत उच्च प्राथमिकतामा राखिएको थियो।

यस्तै, मुख्यालयमा दरबन्दी माग गरेका ४५ जना जवानलाई समेत प्राथमिकतामा राखेर सरुवा गरिएको छ। घर भएको जिल्लामा सरुवा नगरी सम्भव भएसम्म नजिकको जिल्ला र त्यो नभएमा नजिकको प्रदेशमा समेत मिलाएर सरुवा गरिएको छ।

विगतदेखिकै सरुवासम्बन्धी गुनासोलाई सम्बोधन गर्दै श्रीमान् श्रीमतीलाई सम्भव भएसम्म एउटै कार्यालयमा सरुवा गरिएको छ।

मुख्यालयले फारम भराएर जवानको इच्छाअनुसारको कार्यालयमा सरुवा गरेको यो पहिलोपटक हो। यसबाट तल्लो दर्जाको कर्मचारीको मनोबल उच्च हुने र आगामी दिनमा सरुवासम्बन्धी गुनासोसमेत कम हुँदै जाने विश्वास मुख्यालयको छ।

प्रकाशित: Dec 15, 2022| 08:44 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।