शुक्रबार, वैशाख २५, २०८३

पाल्पामा जिप दुर्घटना, चार जना घाइते

पाल्पाको तानसेन–१२, लुहुङमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
 |  बिहीबार, मंसिर २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

National life

पाल्पा- पाल्पाको तानसेन–१२, लुहुङमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। बुधबार बाग्लुङ्को बुर्तिबाङ्गदेखि बुटवलको लागि छुटेको लु १ ज १९९३ नम्बरको जिप लुहुङ्को उकालो बाटोमा दुर्घटना भएको हो।

दुर्घटनामा दुई बच्चासहित चार जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। उकालोमा जिप व्याक गर्ने क्रममा भीरमा ठोक्किएर दुर्घटना भएको स्थानीय युवराज पौडेलले जानकारी दिए। 

घाइतेमध्ये एक बालकको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। हार्थोक–जोर्ते खण्डको बाटो निर्माणका लागि बन्द गरेको अवस्थामा उक्त बाटो भएर जिप तानसेनतर्फ आइरहेको बेलामा दुर्घटना भएको हो। 

प्रकाशित: Dec 15, 2022| 08:25 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।