शनिबार, साउन ३, २०८२

बेथानचोक बस दुर्घटना: एउटै परिवारका आठ सदस्यको मृत्यु

काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थान सल्लाफेदमा मंगलबार साँझ भएको बस दुर्घटनामा एकै परिवारका आठ जनाले ज्यान गुमाएका छन्।
 |  बिहीबार, मंसिर २९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

vianetvianet

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थान सल्लाफेदमा मंगलबार साँझ भएको बस दुर्घटनामा एकै परिवारका आठ जनाले ज्यान गुमाएका छन्। दुर्घटनामा १७ जनाको मृत्यु भएकोमा एकै परिवारका आठ जनाको निधन भएको हो।

बेथानचोक गाउँपालिका–५, च्याल्टीमा व्रतबन्धमा गएका बनेपा नगरपालिका–११, सल्लेका एउटै परिवारभित्रका आठ जनाको मृत्यु भएको हो । दुर्घटनामा १७ जनाको मृत्यु भएकोमा बनेपा नगरपालिका–११ का एकै परिवारका आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बनेपा नगरपालिका–११ का वडाध्यक्ष शिवकुमार थापाले वडाभित्रका एउटै परिवारका आठ सदस्यको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको बताए। 

दुर्घटनामा निर्मलासहित २८ वर्षीया कोपिला तामाङ, ५५ वर्षीय कुमार तामाङ, ११ वर्षीय पुष्कर तामाङ, २८ वर्षीया मञ्जु तामाङ, ४३ वर्षीया हेमा तामाङ, ५० वर्षीय आकुर तामाङ र ३० वर्षीय बुद्ध तामाङको मृत्यु भएको उनको भनाइ छ। थापाले एकै परिवारका सदस्यको मृत्यु भएकाले शवको पोस्टमार्टम भए पनि परिवारका केही सदस्य विदेशमा रहेकाले उनीहरू नआएसम्मे दाहसंस्कार नगरिने बताए। 

यस्तै दुर्घटनामा तेमाल गाउँपालिका–८ की २९ वर्षीया टीकालक्ष्मी तामाङ, उहाँका नौ वर्षीय छोरा गुरु मणिदास तामाङ, ललितपुर जिल्ला महाँकाल गाउँपालिका–६ का बसचालक सन्तोष भन्ने तेजप्रसाद तिमल्सिना, बेथानचोक गाउँपालिका–४ का १९ वर्षीय रविन तामाङ, मकवानपुर इन्द्रसरोवर गाउँपालिका–१ की ६ वर्षीया समीक्षा थिङको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा जिल्लाको मण्डनदेउपुर नगरपालिका–१ की ४१ वर्षीया चेलीमाया तामाङ, बनेपा नगरपालिका–१४ का रामकुमार तामाङ, बनेपा नगरपालिका–१४ की २८ वर्षीया गीता श्रेष्ठ र बेथानचोक गाउँपालिका–५ की २४ वर्षीया मञ्जु तामाङको सनाखत भएको प्रहरीले जनाएको छ । 

प्रहरीले दुर्घटनामा २२ जना घाइते भएकोमा एक जना उपचारपछि डिस्चार्ज भएको र अन्य २१ मध्ये धुलिखेल अस्पतालमा नौ, शिर मेमोरियल अस्पतालमा सात र काठमाडौँ र भक्तपुरका अस्पतालमा पाँच जनाको उपचार भइरहेको जनाएको छ।

प्रकाशित: Dec 15, 2022| 08:14 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।