आइतबार, साउन ४, २०८२

तराईमा हुस्सु लाग्ने, कस्तो रहला अन्य स्थान मौसम?

पछिल्लो केही हप्ता यता नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। जसका कारण वर्षा र हिमपात भएको छैन।
 |  बिहीबार, मंसिर २९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

vianetvianet

काठमाडौं- पछिल्लो केही हप्ता यता नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। जसका कारण वर्षा र हिमपात भएको छैन।  

आज बिहान तराई भूभागको केही स्थानमा हुस्सु/कुहिरो लागेको छ। पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।  

तराईका केही भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने  र देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। 

आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश १ र वाग्मती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

विभागले आज राति लुम्बिनी प्रदेशका साथै प्रदेश–१,  वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।  


प्रकाशित: Dec 15, 2022| 06:19 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।