शुक्रबार, कात्तिक २८, २०८२

फ्रान्स लगातार दोस्रो पटक विश्वकप फाइनलमा

विश्वकपमा यसअघि एक आत्मघाति गोलको मात्र सामना गरेको मोरोक्कोविरुद्ध साविक विजेता फ्रान्सले सेमीफाइनलमा जित निकालेको हो।
 |  बिहीबार, मंसिर २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

काठमाडौं – कतार विश्वकपको दोस्रो सेमीफाइनल खेलमा मोरोक्कोविरुद्ध २–० को जित निकाल्दै डिफेन्डिङ च्याम्पियन फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको छ। विश्वकपमा यसअघि एक आत्मघाति गोलको मात्र सामना गरेको मोरोक्कोविरुद्ध साविक विजेता फ्रान्सले सेमीफाइनलमा जित निकालेको हो।

National life

कतारको अल बायत रंगशालामा भर्खरै सम्पन्न भएको खेलमा फ्रान्सका लागि हर्नान्डेजले पहिलो हाफको पाँचौ मिनेटमै गोल गरेका थिए। युवा खेलाडी केलियन एम्बाप्पे र एन्टोइन ग्रिजमनले गरेको प्रहार पोस्टबाट फर्किएको थियो। फर्किएको बललाई पोस्टको दायाँ साइडबाट प्रहार गर्दै हर्नान्डेजले पाँचौ मिनेटमै फ्रान्सलाई अग्रता दिलाए।

विश्वकपमा मोरोक्कोले बेहोरेको यो दोस्रो गोल थियो। यसअघि उसले समूह चरणमा आत्मघाति गोल व्होरेको थियो। बाँकी चार खेलमा भने उसले क्लिन सिट राखेको थियो।

त्यो गोलसँगै पहिलो हाफमा साविक विजेता फ्रान्सले एक गोलको अग्रता बनाएको थियो। पहिलो हाफमा फ्रान्सले अग्रता बनाए पनि खेलको ५५ प्रतिसत समय बलमा नियन्त्रण बनाउने टिम भने मोरोक्को बनेको थियो। उसले फ्रान्सको पोस्टतर्फ एक प्रहार पनि गरेको थियो। तर गोल गर्न चुक्यो।


Laxmi sunrise bank
kumari

पहिलो हाफमा  विपक्षीको पोस्टतर्फ ९ प्रहार गरेर दुई वटा सट अन टार्गेट बनाएको फ्रान्सले भने पहिलो हाफको पाँचौ मिनेटमै अग्रता बनाएको हो। 

खेलमा मोरोक्कोले केहि राम्रा मुभहरु बनाए पनि गोल गर्न भने सकेन। बरु दोस्रो हाफमा मैदान छिरेका फ्रान्सका युवा स्ट्राइकर रान्डल कोलो मुअनीले गोल गरे। 

उनले खेलको ७९ औं मिनेटमा गोल गरेसँगै मोरोक्को दुई गोलले  पछि परेको थियो। मुअनी मैदान प्रवेश गरेको ४४ सेकेन्डमै गोल गर्न सफल भएका हुन्। यो उनको पहिलो अन्तर्राष्ट्रिय गोलसमेत हो। पहिलो टचमै गोल गरेका उनी ओउसमान डेम्बेलेको स्थानमा भर्खरै मात्र मैदान प्रवेश गरेका थिए। उनले छ यार्ड बाट गोल गरेका हुन्।

खेल अवधिभरी मेरोक्कोले ६१ प्रतिसत समय बलमा नियन्त्रण बनाएको थियो। उसले ११ पटक फ्रान्सका पोस्टतर्फ प्रहार गरे पनि लक्ष्यमा दुई प्रहार गरेको थियो। यता फ्रान्सले भने १४ प्रयासमा दुई गोल गरेको हो।

यससँगै अब विश्वकपको फाइनलमा फ्रान्सले अर्जेन्टिनाको सामना गर्नेछ। मोरोक्कोले भने तेस्रो स्थानको लागि क्रोएसियासँग शनिबार राति खेल्नेछ।

प्रकाशित: Dec 15, 2022| 02:45 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।