शुक्रबार, कात्तिक २८, २०८२

पहिलो हाफः बल पोसेसनमा मोरोक्को अगाडि, अट्याकमा फ्रान्स

पहिलो हाफको अन्तिम मिनेटमा मोरोक्कोका खेलाडीले एक्रोब्याटिक प्रहार गरे पनि फ्रान्सका गोलकिपरले फिङ्गर टिप सेभ गरेका छन्। यससँगै मोरोक्को पहिलो हाफमा गोलबिहिन बनेको छ।
 |  बिहीबार, मंसिर २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

काठमाडौं – कतारमा जारी फिफा विश्वकपको दोस्रो सेमीफाइनल खेलको पहिलो हाफ सकिएको छ। पहिलो हाफमा साविक विजेता फ्रान्सले एक गोलको अग्रता बनाएको छ।

National life

फ्रान्सले अग्रता बनाए पनि खेलको ५५ प्रतिसत समय बलमा नियन्त्रण बनाउने टिम भने मोरोक्को बनेको छ। उसले फ्रान्सको पोस्टतर्फ एक प्रहार पनि गरेको छ।

यता  विपक्षीको पोस्टतर्फ ९ प्रहार गरेर दुई वटा सट अन टार्गेट बनाएको फ्रान्सले भने पहिलो हाफको पाँचौ मिनेटमै अग्रता बनाएको छ।

कतारको अल बायत रंगशालामा जारी खेलमा फ्रान्सका लागि थियो हर्नानडेजले पहिलो हाफको पाँचौ मिनेटमै गोल गरेका छन्।

युवा खेलाडी केलियन एम्बाप्पे र एन्टोइन ग्रिजमनले गरेको प्रहार पोस्टबाट फर्किएको थियो। फर्किएको बललाई पोस्टको दायाँ साइडबाट प्रहार गर्दै हर्नान्डेले पाँचौ मिनेटमै फ्रान्सलाई अग्रता दिलाएका थिए।

Laxmi sunrise bank
kumari

विश्वकपमा मोरोक्कोले बेहोरेको यो दोस्रो गोल हो। यसअघि उसले समूह चरणमा आत्मघाति गोल गरेको थियो। बाँकी चार खेलमा भने उसले क्लिन सिट राखेको थियो।

पहिलो हाफको अन्तिम मिनेटमा मोरोक्कोका खेलाडीले एक्रोब्याटिक प्रहार गरे पनि फ्रान्सका गोलकिपरले फिङ्गर टिप सेभ गरेका छन्। यससँगै मोरोक्को पहिलो हाफमा गोलबिहिन बनेको छ।

प्रकाशित: Dec 15, 2022| 01:36 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।