शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकपमा डिफेन्डिङ च्याम्पियन फ्रान्स र मोरोक्कोको खेल सुरु

विश्वकपमा डिफेन्डिङ च्याम्पियन फ्रान्स र मोरोक्कोको खेल सुरु

फ्रान्सले आज सातौं पटक विश्वकप सेमिफाइनल खेलिरहेको छ।
 |  बिहीबार, मंसिर २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

काठमाडौं – कतारमा जारी फिफा विश्वकपको दोस्रो सेमीफाइनलमा साविक विजेता फ्रान्स र मोरोक्कोबीचको खेल सुरु भएको छ। कतारको अल बायत रंगशालामा फाइनल प्रवेशका लागि यि दुई टिमको खेल सुरु भएको हो।

National life

कुनै पनि अप्रिकन टिमले विश्वकपको सेमीफाइनलमा प्रतिस्पर्धा गरेको यो नै पहिलो पटक हो। यसअघि सेनेगल, क्यामरुन र घानाले क्वार्टरफाइनलमा पुगेर बनाएको रेकर्डलाई पछि पार्दै यो पटक मोरोक्को विश्वकपको सेमिफाइनलमा पुगेको छ।

फ्रान्सले अहिलेसम्म मोरोक्कोसँग हारेकै छैन। यो इतिहास मोरोक्कोका खेलाडीलाई बिर्सिएर मैदानमा आउन सहज छैन। किनभने यसअघिका पाँच मैत्रीपूर्ण भेटमा फ्रान्सले तीन जित निकोको छ भने दुई बराबरी भएका छन्।

तर कतारमा जारी विश्वकपमा कुनै विपक्षीले मोरोक्कोविरुद्ध गोल गर्न सकेका छैनन्। क्यानडाविरुद्धको खेलमा भने आफ्नै टिमको खेलाडीबाट बल फर्किएपछि आत्मघाती गोल उसका लागि अपवाद बनेको छ।

त्यसैले आज फ्रान्स मोरोक्कोलाई गोल गर्दै हराउन चहान्छ। फ्रान्सले आज सातौं पटक विश्वकप सेमिफाइनल खेलिरहेको छ।

Laxmi sunrise bank
kumari

यसअघिका छ सेमीफाइनलमध्ये उसले पहिलो तीन९१९५८, १९८२ र १९८६० मा भने हार बेहोरेको थियो। त्यसपछिका तीनै सेमिफाइनलमा उसले हार बेहोरेको छैन। त्यसबीच सन् १९९८ र २०१८ मा उसले उसले उपाधि नै चुम्यो। सन् २००६ मा भने फाइनलमा इटालीसँग पराजित भएको थियो।

यो खेलमा विजयी हुने टिमले आगामी आइतबार फाइनलमा उपाधिका लागि अर्जेन्टिनासँग खेल्नेछ। पराजित हुने टिमले भने शनिबार तेस्रो स्थानका लागि क्रोएसियासँग खेल्ने छ।

प्रकाशित: Dec 15, 2022| 00:45 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।