शुक्रबार, कात्तिक २८, २०८२

७ खेलाडी सम्मिलित आईएफकेके कराते टोली भारत जाँदै

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

काठमाडौं - कराते प्रतियोगिता (आईकेओकेएस) कोलकाता ब्रान्चेसमा सहभागी हुन नेपाली टोली बिहिबार भारतको कोलकोता जाने भएको छ। सात खेलाडीसहित १३ सदस्यीय इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आईएफकेके) टोली बिहीबार भारतको कोलकाता जान (लागेको राष्ट्रिय खेलकुद परीषद्(राखेप) ले जानकारी दिएको हो।

National life

डिसेम्बर १६ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा सुमन थापा मगर, प्रिन्स देउला, प्रवेश गुरुङ, शेख रिज्वान उलाङ, सुशान्त सापकोटा, इशान सापकोटा र प्रञ्चलाल घिसिङले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने छन्।

प्रशिक्षकमा घनश्याम श्रेष्ठ, व्यवस्थापकमा सानुराजा महर्जन, अफिसियलमा कुमार दनुवार, सुप्रिम रेफ्रीमा प्रेम लामा तथा रेफ्रीमा रेवतीप्रसाद सापकोटा र निरकमल थापा छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे।

प्रकाशित: Dec 14, 2022| 23:22 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।