शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • यू-१४ अन्तर्राष्ट्रिय टेनिसमा आयुशमानको अपराजित यात्रा कायमै

यू-१४ अन्तर्राष्ट्रिय टेनिसमा आयुशमानको अपराजित यात्रा कायमै

सो स्पर्धामा नेपालबाट आयुशसहित ७ खेलाडी सहभागी भएका थिए। त्यसमध्ये बाँकी ६ खेलाडी भने बाहिरिसकेका छन्।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

काठमाडौं - नेपालका आयुशमान हजुर घले २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को ब्वाइज सिंगल्समा बुधबार सेमीफाइनलमा प्रवेश गरेका छन्।

National life

सातदोबाटोस्थित टेनिस कोर्टमा अपराजित यात्रालाई कायम राख्दै क्वार्टरफाइनलमा आयुशले हङकङका यु हिन वोङलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरेर सेमीफाइनलमा प्रवेश गरेका हुन्।

सो स्पर्धामा नेपालबाट आयुशसहित ७ खेलाडी सहभागी भएका थिए। त्यसमध्ये बाँकी ६ खेलाडी भने बाहिरिसकेका छन्।

ब्वाइज सिंगल्समै बंगलादेशका मोहम्मद तन्विर मुन तुसारले यमनका हमुद इयादलाई ६–३ र ६–३, भारतका सिद्धार्थ जिबुले बंगलादेशका मोहम्मद अलिफ होसेनलाई ६–१ र ६–१ तथा भारतका भिभान मिर्धाले हङकङका चुन हेइ काइसन फुङलाई ६–० र ६–४ को सोझो सेटमा हराउदै सेमिफाइनलमा स्थान बनाएका छन्।

नेपाल टेनिस संघको सहयोगमा मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्समा शीर्ष तीन स्थानको पदक नेपाली खेलाडीले निश्चित गरेका छन्। चारै खेलाडी सेमिफाइनल पुगेसंगै नेपालको शीर्ष तीन स्थानको पदक पक्का भएको हो। क्वाटरफाइनलमा चारै नेपाली खेलाडीले भारतीय खेलाडीलाई पाखा लगाए। नेपालबाट ८ गल्र्स खेलाडीले प्रतिस्पर्धा गरेकोमा ४ बाहिरी सकेको आयोजकले जानकारी दिएको हो।

Laxmi sunrise bank
kumari

प्रशंसा मोक्तानले प्रेरणा सन्ट्रालाई ६–० र ६–०, शिभाली गुरुङले तनिशा भत्नागरलाई ७–५ र ६–३, आद्या पौडेलले सान्भी रेडी भ्युन्द्यालालाई ६–३, १–६ र ७–६(३) तथा स्वस्तिकाले भारतकी हनी जुमानी गौरवलाई ६–४ र ६–४ को सेटमा पाखा लगाएका छन्। सेमीफाइनलमा प्रशंसाको भेट शिभालीसंग हुनेछ भने आद्याले स्वस्तिका विरुद्ध खेल्ने  छिन्।

ब्वाइज डबल्समा बंगलादेशका अलिफ होसेन र मुन तुसार, हङकङका फुङ र छियोङ मोरिस ताङ, भारतका सिद्धार्थ र भिभान, भारतकै सञ्जय गिरिश र किशोर श्रीराम तथा पाकिस्तानका जोहेब अफ्जल मलिक र यमनका हमुदले क्वाटरफाइनलमा स्थान पक्का गरेका छन्।

गल्र्स डबल्समा नेपालका स्वस्तिका विष्ट र शिभाली गुरुङको जोडीले नेपालकी प्राज्ना मानन्धर र अमेरिकाकी नाला जोस्फिल मास्केलाई ६–१ र ७–५ ले पन्छ्याउदै फाइनलमा पुगे।

प्रकाशित: Dec 14, 2022| 23:15 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।