शनिबार, साउन ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • सिरहाबाट महिला हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

सिरहाबाट महिला हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

सिरहा प्रहरीले महिला हत्यामा संलग्न रहेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ।
 |  बुधबार, मंसिर २८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

vianetvianet

सिरहा- सिरहा प्रहरीले महिला हत्यामा संलग्न रहेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ। 

जिल्लाको मिर्चैया नगरपालिका २ का ३० वर्षीय लक्ष्मीनियाँ कापरको हत्यामा संलग्न रहेको आरोपमा सोही नगरपालिका १ का २० वर्षीय नितेश कुमार रजक र  वडा नम्बर २ मलनियारीका २० वर्षीय राम कुमार महतो कोइरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

लुकिछिपी बसेको अवस्थामा प्रहरीले हत्यामा प्रयोग भएको धारिलो हतियारसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले बताए। जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय मिर्चैया र मधेस प्रदेश प्रहरीबाट ल्याएको कुकुरको सहयोगमा पक्राउ गरेको जनाएको छ।

गाउँ नजिकै रहेको कर्जन्हा नपा–६ को जङ्गलबाट आगो बाल्न सुकेको पात लिएर आउँदै गर्दा मंगलबार अपराह्न बाटो ढुकेर बसेका दुवै जनाले लक्ष्मीनियाँलाई धारिलो हतियारले पेट र घाँटीमा प्रहार गरेका थिए। पक्राउ परेकाहरुविरुद्ध आजै जिल्ला अदालत सिरहामा कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 14, 2022| 20:00 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।