बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • 'ग्रोथएक्स एभरेष्ट एक्सेलेटर' स्थापना गर्न चार संस्थाबीच सहकार्य

'ग्रोथएक्स एभरेष्ट एक्सेलेटर' स्थापना गर्न चार संस्थाबीच सहकार्य

नेपाल उद्योग परिसंघ, टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाले नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअपहरू र एसएमईहरूका लागि ग्रोथएक्स एभरेष्ट एक्सेलेटर कार्यक्रम सुरु गर्न सहकार्य गरेका छन्।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

काठमाडौं– नेपाल उद्योग परिसंघ, टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाले नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअपहरू र एसएमईहरूका लागि ग्रोथएक्स एभरेष्ट एक्सेलेटर कार्यक्रम सुरु गर्न सहकार्य गरेका छन्।

National life

यस कार्यक्रमको उद्देश्य नेपालमा प्राविधिक उद्यमशीलताको नेतृत्वमा आर्थिक विकास ल्याउने हो, जसले डिजिटल अर्थतन्त्र, स्थानीय ज्ञानमा आधारित रोजगारी, प्रतिभा पलायन रोक्न, निर्यात बढाउन र वैदेशिक प्रत्यक्ष लगानी आकर्षित गर्न योगदान पुर्याउने छ। यसले क्षेत्रीय र विश्व बजारमा नेपालको आर्थिक प्रतिस्पर्धा बढाउने छ।

सो कार्यक्रम एक हाइब्रिड संरचित एक्सेलेटर कार्यक्रम हो। यसमा नेपालका उच्च प्रविधि र उच्च सम्भावित प्राविधिक स्टार्अपहरूलाई स्केलिंगअप, विश्वव्यापी विस्तार र कोष सङ्कलनमा सक्षम पार्नेछ। नेपाल उद्योग परिसंघ र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको साझेदारीमा टिम भेन्चर्स, स्टार्टअप रिसोले संयुक्त रूपमा स्थापना गरेको कार्यक्रममा नेपालबाट आफ्ना उद्यम सञ्चालन गर्ने संस्थापकहरूलाई सहभागी गराइने नेपाल उद्योग परिसंघले जानकारी दिएको छ। 

यसले नेपाली स्टार्टअपहरुलाई अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त उद्योगीहरु, डोमेन विशेषज्ञहरू, सफल संस्थापकहरू, र लगानीकर्ताहरूबाट सल्लाह दिनेछ र नयाँ उद्योग स्थापना तथा अन्तर्राष्ट्रिय नेटवर्कका लागि मद्दत गर्नेछ। यसले नेपालमा एक सम्पन्न प्राविधिक स्टार्टअप इकोसिस्टम निर्माण गर्न मद्दत पुग्ने विश्वास छ। 

स्टार्टअप रेस्युले भारतमा बुट क्याम्प र एक्सेलेटर कार्यक्रममार्फत विगत नौ वर्षमा ८०० भन्दा बढी स्टार्टअपहरूलाई लगानी गदै १२ हजार बढीलाई प्रत्यक्ष रुपमा रोजगारी सिर्जनामा सहयोग गरेको छ। यस्तै ४० भन्दा बढी एक्सेलेटर स्थापना, नविनतम रोजगारी सिर्जनामा सहयोग गर्दै १ करोड ३० लाख डलर बराबर राजश्व, अनुदान र प्रयोजनामा सहयोग पुर्याएको छ।

Shivam cement

सहकार्य सम्झौता गरेपछि टिम भेन्चर्सका सीईओ तथा संस्थापक तेन्जिन सोनम गोन्सारले नेपालमा स्टार्टअपहरुको व्यवसायलाई माथि उठाउन प्रोत्साहन एवं सहयोग गर्न सिएनआई, सिएनआईवाईईएफ, जस्ता साँझेदार पाउँदा खुसी भएको बताए। 

ग्रोथएक्स एभरेष्ट नेपालभित्र चलिरहेका विद्यमान एक्सेलेटर कार्यक्रमहरू भन्दा फरक पहल भएको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चकी अध्यक्ष प्राची अग्रवालले बताए। यो कार्यक्रम क्रस बोर्डर मेन्टरशिप, नेटवर्किङ, र विस्तारमा केन्द्रित रहेको उनले बताए। 

स्टार्टअप रेसोका संस्थापक तथा सिइयो अजय रामसुब्रमण्यमले भने, ‘दक्षिणमा धेरै उदीयमान बजारहरू छन्, कम्तिमा एउटा सहरको जनसंख्या छ अर्ब बढी छ। यो जहाँ नवप्रवर्तन फस्टाउन गइरहेको छ, र आर्थिक विकासको नेतृत्व पहिलो पुस्ताका उद्यमीहरूले गर्नेछ। हामी यहाँ नेपालमा आउन पाउँदा उत्साहित छौं, र बजार सान्दर्भिक स्टार्टअप कार्यक्रमहरू निर्माण गर्न समान विचारधारा भएका संस्थाहरूसँग साझेदारी गर्छौं।’ 


प्रकाशित: Dec 14, 2022| 17:56 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्