शनिबार, साउन ३, २०८२

बाँके खजुराका विपन्न घर जस्तापाताले टल्काइँदै

बाँकेको खजुरा गाउँपालिकाले खरको छाना विस्थापित गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ।
 |  बुधबार, मंसिर २८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

vianetvianet

नेपालगन्ज– बाँकेको खजुरा गाउँपालिकाले खरको छाना विस्थापित गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ। संघीय सरकारबाट विशेष अनुदानअन्तर्गत यो कार्यक्रम सुरु गर्न लागिएको गाउँपालिकाले जानकारी दिएको हो। 

यसअघि यहाँका २३७ विपन्न परिवारका छाना फेरिएको छ। संघीय सरकारको सहयोगबाट १८७ र पालिका आफ्नै सहयोगबाट ५० जना विपन्न परिवारका खरको छाना विस्थापित गरिएको गाउँपालिका सूचना अधिकारी दिलबहादुर पौडेलले जानकारी दिए। 

उनका अनुसार यस आर्थिक वर्षमा यहाँका करिब १६० वटा घर खरको छानामुक्त गरिनेछ। उनले भने, ‘पहिलो चरणमा खरको छाना हटाउने कार्यक्रम छ। दोस्रो चरणमा खपडा, टायल पनि विस्थापित गर्छौं। अहिले खरलाई पहिलो प्राथमिकतामा राखिएको छ।’ 

खरको छाना विस्थापित गर्न एउटा परिवारले ५० हजारसम्म सहयोग पाउने गाउँपालिका अध्यक्ष डम्बर विकले बताए। उनका अनुसार टिन (जस्तापाता) खरिदका लागि मात्र पैसा दिइनेछ। अन्य ज्यामी खर्च स्वयं परिवारले नै दिनुपर्नेछ। ‘अतिविपन्न परिवारलाई पनि जस्तापाताको छानामा राख्न खोजेका हौं,’ उनले भने, ‘खरको छाना हुँदा चैत, वैशाखमा आगलागीका घटना धेरै हुन्छन्। खरका छाना विस्थापित गरियो भने त्यस्ता घटनामा कमी ल्याउन अभियान सुरु गरेका हौं।’ 

हरेक वर्ष घर छाउने कारणले किसानले खरको जोहो गर्नुपर्ने, खरबारीमा आगो लाग्दा घर पनि जोखिम हुने गरेको उनले बताए। गरिबीले गर्दा खरको छानासमेत फेर्न नसकेका विपन्न परिवार खुसी भएका छन्। खरको छानामुक्त हुने भएपछि छाना फेरिरहनुपर्ने बाध्यता अन्त्य हुने यहाँका विपन्न परिवार बताएका छन्। गाउँपालिकाले अहिले पालिकाभरि रहेका खरको छाना भएकाको तथ्यांक संकलन गरिरहेको छ।तथ्यांकका आधारमा सबै खरछानामुक्त गरिने योजना रहेको अध्यक्ष विकले बताए।–रासस

प्रकाशित: Dec 14, 2022| 19:20 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।