बिहीबार, जेठ २८, २०८३

उद्यमी बन्न चाहने विद्यार्थीलाई नबिलको साथ

नबिल बैंकले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत नबिल सामाजिक उद्यमशीलता कार्यक्रम नोभेम्बर २०२१ देखि नेपालका ७ वटै प्रदेशमा शैक्षिक संस्थाहरूसँगको सहकार्यमा शुरु गरेको हो।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९
National life
Shivam cement

काठमाडौं- नबिल बैंकले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत नबिल सामाजिक उद्यमशीलता कार्यक्रम नोभेम्बर २०२१ देखि नेपालका ७ वटै प्रदेशमा शैक्षिक संस्थाहरूसँगको सहकार्यमा शुरु गरेको हो। बैंकले सातै प्रदेशका विभिन्न कलेज तथा विश्वविद्यालयसँग सम्झौता गरेर यो कार्यक्रम अगाडि बढाएको जनाएको छ।

नबिल बैंकले 'नबिल सामाजिक उद्यमशीलता कार्यक्रम' मा सहभागी बाग्मती प्रदेशका २५ विद्यार्थीलाई आइतबार प्रमाणपत्र प्रदान गरेको छ। ललितपुरको क्याम्पियन कलेजमा आयोजित ‘रिफ्लेक्‍सन एन्ड सेलेब्रेसन सर्टिफिकेट डिस्ट्रिब्युसन प्रोग्राम’ मा नबिल बैंकका उपाध्यक्ष निर्वाण चौधरीले स्वदेशमै केही गर्न खाेज्ने विद्यार्थीलाई साथ दिन चाहेको बताएका थिए। देशमा नै केही गर्छु भनेर नबिल सामाजिक उद्यमशीलताको हिस्सा बनेकोमा विद्यार्थीहरूलाई उनले धन्यवाद दिए।

नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले स्टार्टअप, साना तथा मझौला उद्यमहरूलाई उद्यमशीलता शिक्षा प्रदान गर्ने, वित्तीय साक्षरता अभिवृद्धि र आर्थिक सहयोग गर्न नबिल सदैव तत्पर रहेको बताए। बैंकले सातै प्रदेशमा विभिन्न क्याम्पससँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराउँदै उद्यमशिलता सिर्जनामा सहयोग पुग्ने बताए। सामाजिक उद्यमशीलता सम्बन्धी ३ महिनाको अवधिमा सञ्चालित १४ दिने तालिममा ज्ञान अभिवृद्धि, सीप, मानसिकता र स्रोतसाधनको विषयमा तालिम उपलब्ध गराइएको बैंकले जनाएकाे छ।


प्रकाशित: Dec 14, 2022| 17:01 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्