बिहीबार, जेठ २८, २०८३

सिभिल बैंकको एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने

सिभिल बैंकको मोबाईल बैंकिङ एप चलाउँदा टेलिकमले शुल्क नलिने सम्बन्धमा बैंक र टेलिकमबीच संझौता सम्पन्न भएको छ।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९
National life
Shivam cement

काठमाडौं- सिभिल बैंकको मोबाईल बैंकिङ एप चलाउँदा टेलिकमले शुल्क नलिने सम्बन्धमा बैंक र टेलिकमबीच संझौता सम्पन्न भएको छ। सम्झौतापत्रमा सिभिल बैकका तर्फबाट चिफ विजिनेस भोला बहादुर बिष्ट र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यवसायिक अधिकृत संगिता अर्यालले हस्ताक्षर गरे।

सो सम्झौतापत्र अनुसार २०७९ पौष १ गते देखि नेपाल टेलिकमको मोबाईल सेवा प्रयोगकर्ताहरुले डाटा अन गरी सिभिल बैंकको मोबाईल बैंकिङ एप मार्फत फन्ड ट्रान्सफर, क्यूआर पेमेन्ट लगायत अन्य फिचरहरुको उपयोग गर्दा कुनै पनि शुल्क लाग्ने छैन।

नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यम मार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीति बमोजिम सिभिल बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यो सम्झौता गरेको हो।  सिभिल बैंकको साढे चार लाख भन्दा बढी मोबाईल बैंकिङ एपका प्रयोगकर्ताहरु यस सम्झौतापत्रबाट प्रत्यक्ष लाभान्वित हुने कुरा सिभिल बैकका चिफ विजिनेस भोला बहादुर बिष्टले वताए।


प्रकाशित: Dec 14, 2022| 16:59 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्